सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह

काठमाडौं । नेपाली जनसंपर्क समिति पोर्तुगलले शनिवार परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गरेको छ ।

समितिका सभापति वकिल केसीको नेतृत्व मण्डलले शनिवार मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरेको हो ।
भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पोर्तुगल प्रवेश गरिसकेपछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिससम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन माग गरेको छ ।

सो अवसरमा उक्त प्रावधानका कारण हुने समस्याहरुलाई समेटेर समितिका तर्फबाट जारी ध्यानाकर्षणपत्र समेत मन्त्री खडकालाई हस्ताण्तरण गरिएको थियो ।

उक्त पत्र बुझ्दै मन्त्री खडकाले समस्या समाधानका निम्ती आफुले पहल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको समितिका सभापति केसीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »