सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगढद्वारा अस्पतालकाे निरिक्षण


नेपालगञ्ज, भेरी अस्पताल विकास समितिका अध्यक्ष शकील अहमद जसगढले आज भेरी अस्पतालकाे निरिक्षण गर्नु भएकाे छ ।


अस्पतालकाे विभिन्न सेवाका साथै अस्पतालकाे आईसीसु, डायलेसिस, एनआईसीयु, न्युराे, पेइंग, जनरल तथा इमर्जेन्सी विभागकाे निरिक्षण गर्नु भएकाे छ । निरिक्षणकाे क्रममा अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठकाे पनि सहभागिता रहेकाे थियाे ।


निरिक्षणका दाैरान अस्पतालले दिंदै आएकाे सेवा सुविधाकाे बारेमा विभिन्न विभागका डाक्टर, विभाग प्रमुख, बिरामी तथा बिरामीका कुरुवाहरुसँग अस्पतालले दिंदै आएकाे सेवा सुविधाकाे बारेमा कुराकानी गर्नु भएकाे छ ।


असाेज ७ गते शुक्रबार पदभार ग्रहण गर्नु भएका जसगढले अस्पतालले दिंदै आईरहेकाे सेवा सुविधालाई अझ चुस्त दुरुस्त तरिकाले सेवा प्रदान गर्न विभिन्न वार्डहरुमा निर्देशन दिनु भएकाे छ ।


निरिक्षणकाे क्रममा वार्ड प्रमुखहरुकाे समस्या तथा वार्डमा चाहिने थप उपकरण तथा जनशक्तिकाे बारेमा अध्यक्ष जसगढ तथा सदस्य श्रेष्ठले चासाेका साथ जानकारी लिनु भएकाे छ ।
विभिन्न वार्डहरुमा रहेका केही समस्याहरुलाई चाँडै समाधान गरिने पनि अध्यक्षले वार्ड प्रमुख तथा डाक्टरहरुलाई आश्वासन दिनु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »