सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोकदोहोरी गायक प्रकाश कटुवाल पुर्पक्षको लागि थुनामा

चितवन । तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहुँले वादी र प्रतिवादीको बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका थिए । आदेशलगत्तै गायक कटुवाललाई जिल्ला कारागार चलान गरिएको छ । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।

गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा घाइते गुरुङकी छोरी सोनिकाले किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । फागुन २ गते पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि वान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन भएको थियो ।

सोही दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाइते भएका थिए । घाइते गुरुङको काठमाडौंमा उपचार गराएर घर ल्याइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »