सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट गरिब हिन्दू परिवारलाई तिर्थाटनको व्यवस्था गर्छौ : स्वतन्त्र उम्मेदवार ‘खनाल – रौनियार’

नेपालगञ्ज, बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले निर्वाचित भए पछि राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट हिन्दू धर्मावलम्बीहरुका गरिब परिवारलाई तिर्थाटनको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन ।
राज्यले प्रदान गर्ने तलबभत्ता आफुहरुले नलिएर गरिब परिवार जो तिर्थयात्राको लागि पैसा जुटाउन सकिरहेको छैन उनीहरुलाई तिर्थ दर्शन गराउने उनीहरुले प्रतिबद्धता गरेका हुन ।


हामीलाई यस सम्बन्धि बिस्तृतमा जानकारी गराउदै स्वतन्त्र उम्मेदवार खनालले भने, ‘हामीलाई कुनै सेवा सुविधा चाहिदैँन । हामी जनताको सेवक भएको हुदाँ राज्यबाट प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने दुवै जना उम्मेदवारले कसम खाएका छौ ।’
यस्तै स्वतन्त्र उम्मेदवार रौनियारले भने, ‘हाम्रो समाज एकै वर्गको छैन । कोही धनी छ भने गरिब पनि छन । गरिब परिवारलाई दैनिक जिकिकोपार्जनको लागि खर्च जुटाउन धौ धौ हुन्छ त्यसैले तिर्थाटनको ख्याल पनि मुस्किलले आउछ । तिर्थाटन गर्ने सबैको चाहना हुन्छ र त्यस्तो परिवारलाई हामीले पाउने तलबभत्ताबाट व्यवस्था गर्छौ, यो हाम्रो प्रतिबद्धता हो ।’ वर्षभरीमा पाउने तलबभत्ताबाट यदी हिन्दू परिवार तिर्थाटन गरेर खुसी हुन्छन भने आफुहरु लागि ठूलो उपलब्धी हासिल हुने उम्मेदवारले बताएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »