सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विस्मभरा युवा क्लवकाे पाेल्टामा नगरकाेटकाे फुटबल उपाधि

काठमाडौँ । माउन्ड एभरेष्ट युथ क्लवको आयोजनामा सम्पन्न फुटबल खेलमा शंखरापुर नगरपालिकाको विस्मभरा युवा क्लवले रु एक लाख एघार हाजर एक सय एक नगद, प्रथम ट्रफि उचाल्न सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सह महामन्त्री रविन्द्र प्रताप शाहको प्रमुख आतित्थ्यतामा असोज ७ गतेबाट शुरु भएको खुल्ला नाइन साइड य खेल असोज १५ गतेसम्म चलेको थियो । अन्तिम दिन फाइनल खेलमा १५ टिमसँग भएको प्रतिस्पर्दात्मक खेलमा विस्मभरा युवा क्लवले प्रथम पुरस्कार अथवा ट्रफि उचाल्न सफल भएको छ भने विस्मभरालाई पछ्याउदै मन्डनदेउपुर नगरपालिका डाँडा गाउँको सेलो घर युवा क्लव दोस्रो हुन सफल भएको छ । तेस्रोमा भक्तपुरको ख्वप किङ्स भएको छ । एक लाख एक हजार एक सय एक , पचपन्न हजार, पच्चिस हजार नगद पुरस्कार जित्न यी तीनै टिम सफल भएको छ ।

नौ दिनसम्म चलेको खेलमा वेष्ट किपर अफ टुनामेन्टको अवार्ड ख्वप किङ्सका खेलाडी राजेश साही सफल भएको छ । डाँडा गाउँ सेलो घरको खेलाडी दिपेश गुरुङ वेष्ट डिफेन्डर, विस्मभरा युवा क्लवको खेलाडी सागार तामाङ वेष्ट प्लेयर, ख्वप किङ्सको खेलाडी विपिन थापा मगरले हाईस्कोर अवार्ड जित्न सफल भएको छ । विजेता खेलाडीहरुलाई चागुनारायण नगरपालिकाको मेयर जीवन खत्रीबाट पुरस्कार तथा ट्रफि र प्रमाण पत्र वितरण गरेका थिए ।

माउन्ट एभरेष्ट युवा क्लवले आयोजना गरेको कार्यक्रममा अन्तिम दिन नेपाल तामाङ कलाकार संघको अध्यक्ष, वरिष्ठ संगीतकार तथा गायक विश्व दोङ, गायिका जितु लोप्चनको विशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा नगरकोटवासी साँझसम्म रमेको थियो ।

सान्त बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष धन बहादुर लामा विशेष अतिथिकोरुपमा रहेका थिए भने चागुनारायण नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष श्याम न्याजु, नेपाली सेनाको पुर्व जर्नेल भरत बहादुर खड्का, भक्तपुर जिल्लाको फुटबल संघको अध्यक्ष रुपेह धैबन्जार व्यक्तिहरु अतिथिकोरुपमा उपस्थिति रहेका थिए । औपचारिक कार्यक्रमलाई सस्थाको पूर्व अध्यक्ष विनोद शाहले संचालन गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »