सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रे क्षेत्र नं.२ को दुईमा गठबन्धनको उम्मेदवार को ? बसुन्धारा हुमागाइ वा कञ्चन बादे

काठमाडौँ । बागमती प्रदेश सभाको सदस्यको लागि काभ्रे क्षेत्र नं. २ को प्रदेश सभा २ मा बसुन्धारा हुँमागाइले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेको छ ।

बसुन्धारा हुँमागाइले २०७४ मा भएको प्रादेशीक सभाको चुनावमा काभ्रे क्षेत्र नं. २ को प्रदेश सभा २ मा अत्याधिक मत ल्याएर विजय भएको थियो । हाल बसुन्धारा हुँमागाइ बागमती प्रदेशको कृषि मन्त्री हो ।


प्राप्त सूचना अनुसार गठबन्धनको तर्फबाट काभ्रे क्षेत्र नं. २ को २ मा नेपाली कांग्रेसको कञ्चन बादेले उम्मेदवारी दर्ता गरेता पनि नेकपा (एकिकृत समाजवादी) को केन्द्रिय कमिटीको निर्णय अनुसार कञ्चन बादेको स्थानमा बसुन्धारा हुँमागाईले असोज २३ गते साँझ ७ बजे निर्वाचन आयोगको शाखा कार्यलय पनौतीमा उम्मेदवारी दर्ता गरेको बताएको छ ।

गठबन्धनले गरेको निर्माण गरेको विधि र नीति अनुसार काभ्रे क्षेत्र नं. २ को १ र २ मा समाजवादीको भागमा पर्दछन् तर काभ्रेमा भएको पार्टीको गठबन्धन निर्णय अनुसार बसुन्धारा हुँमागाइ मौन बसिरहेको थियो । अग्रस्थानमा बसुन्धारा हुँमागाईको चर्चा रहेता पनि नेपाली काग्रेसबाट कन्चन बादेलाई टिकट दिने निर्णय भएको थियो । अहिले त्यो निर्णयलाई नेकपा (एकिकृत समाजवादी) को केन्द्रिय कमिटिको निर्णयबाट उल्टाएको सूचना प्राप्त भएको छ । प्राप्त स्रोतले जानकारी दिए अनुसार काभ्रे क्षेत्र नं. २ को २ मा बसुन्धारा हुँमागाइले कलम चिन्हबाट, कञ्चन बादेले रुख चिन्हबाट मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिस्पर्दा गर्ने छन् भने नेकपा (एमाले) बाट कुमार थापाले प्रतिस्पर्दा गर्ने छन् ।

काभ्रे क्षेत्र नं. २ को २ मा नेकपा (माओवादी), एकिकृत समाजवादी र नेपाली कांग्रेस बीच गठबन्धन हुने सम्भावना कम हुँदै गएको देखिन्छ । कञ्चन बादेलाई वा बसुन्धारा हुँमागाइ यी दुईमा एकलाई गठबन्धनबाट कसलाई उम्मेदवारी बनाउने भन्ने सन्र्दभमा काभ्रेमा गठबन्धन पार्टीहरुमा छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

नेकपा (एकिकृत समाजावादी) को केन्द्रिय सदस्य तथा मण्डनदेउपुर नगरपालिकाको मेयर टोक बहादुर वाइवालाई के काभ्रे क्षेत्र नं. २ को २ मा गठबन्धन टुटेको हो भन्दा उहाँ केही बोल्न चाहनु भएन । तर नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तथा काभ्रे क्षेत्र नं. १ को २ बाट उम्मेदवारी दिएका तीर्थ लामालाई के काभ्रेको क्षेत्र नं. २ को दुईमा गठबन्धन तोडिएको हो भन्दा उहाँले भन्नु भयो । “हामी गठबन्धन तोड्न दिदैनौ । मिलाउने प्रयासमा छ । मिलाउने छौ ।”

गठबन्धन भित्र उठिएको समस्याको समाधान कहिलेसम्म आउला ? त्यो बाँकी नै छन् तर गठबन्दधनले बसुन्धारा हुँमागाइ वा कञ्चन बादे कसलाई उम्मेदवार मान्ने भन्ने प्रश्न उठिरहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »