सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रसद्वारा बाढी प्रभावितलाई राहत वितण सुरु


प्रहलाद विश्वकर्मा
नेपालगंज, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा बाढी र डुबान विपद्बाट प्रभावित समुदायलाई राहत वितरण कार्य सुरु गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके र विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालित मौसम पूर्वानुमानमा आधारित अग्रिमकार्य सहायता कार्यक्रमद्वारा डुडुवा गाउँपालिको वडा नं। १ र नरैनापुर गाउँपालिकाको वडा नं. ५ र ६ का बाढी÷डुवान प्रभावित परिवारलाई नगद प्रतिपरिवार रु १५ हजारका दरले वितरण सुरु भएको छ ।


यसैगरी नेरेसो बाँके र युनिसेफ नेपालको सहयोगमा नेपालगंज उपमहानगरपालिका वडा नं. २० का बाढी÷डुबानबाट प्रभावित ५० परिवारलाई त्रिपाल, हाईजीन किट र झुल वितरण सुरु गरिएको कुरा नेरेसो मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाले जानकारी दिनु भएको छ ।
नेरेसो सीतापुर उपशाखाका सचिव यमनारायण महतोका अनुसार खजुरा गाउँपालिका वडा नं. ६ का बाढी÷डुबान प्रभावित २५ परिवारलाई प्रति परिवार १ थान त्रिपाल, हाईजीन किट १ सेट र झुल २ थानका दरले वितरण गरिएको बताइएको छ ।
यसैगरी नेरेसो कुसुम उपशाखाका सभापति भिमाजुन देवकोटाले दिनु भएको जानकारी अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं. १ का २८ परिवारलाई त्रिपाल र वडा कार्यालयले खाद्य सामग्री वितरण गरेको छ ।
नगद वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहाादुर श्रीवस्ताव, डुडुवा गापा वडा नं। १ वडा अध्यक्ष पटेश्वरी कुर्मी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नं. २० को गैरखाद्य राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कौशलकुमार धोवी, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, उपनिर्देशक दोलखबहादुर डाँगी र युनिसेफ नेपालका नरेश निदाल लगायत, वडा प्रतिनिधि, नेरेसो उपशाखाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »