सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाटक र नौटङ्की देखाउनेलाई होइन, काम देखाउनेलाई भोट दिनुस् : मोहम्मद इश्तियाक राई


नेपालगन्ज, जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले नाटक र नौटङ्की गरेर भोट माग्नेहरूलाई मतदाताले मंसिर ४ गते राम्रा जवाफ दिनुपर्ने बताएका छन्।
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार कार्यालयहरूको उद्घाटन गर्दै उनले भोट माग्न आउने उम्मेदवारहरूलाई राम्रोसँग चिन्न र मंसिर ४ गते आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्न पनि मतदातालाई आपिल गरे।


मलाई नै भोट दिनैपर्छ भनेको छैन। मेरा कामहरूलाई हेर्नुहोस् र मूल्याङ्कन गरेर विवेक प्रयोग गर्नुस् भन्नेमात्रै मेरो आग्रह हो’ उनले भने ‘अहिले धेरै उम्मेदवार फेरि मतदातालाई प्रभाव पार्न धेरै नाटक र नौटङ्की गरेर भोट मागिरहेका छन्। तर त्यसमा नअल्झिनुस् सबै उम्मेदवारहरूको मूल्याङ्कन गर्नुस् अनि भोट दिनुस्।’राज्यका हरेक अंगमा समावेशिता र संघीयतालाई अझ बलियो गरी स्थापित गर्नका लागि फेरि पनि जनता समाजवादी पार्टी राज्यको निर्णायक ठाउँमा हुनुपर्ने जरुरी रहेको भन्दै उनले मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई जोगाउनका लागि आफूहरू चुनावबाट जनताको स्विकृती माग्न आएको बताए।


‘जति सकेका छौं हामीले त्योभन्दा पनि धेरै काम गरेका छौं। अझै गर्न अधुरा कामहरू बाँकी छन्। राज्यलाई खबरदारी गरिरहनपर्नेछ’ उनले भने ‘कतिबेला हाम्रा अधिकारहरू फेरि खोसिन्छन् थाहा छैन त्यसैले फेरि पनि हामी संसदमा जान जरुरी छ। हाम्रा अधिकारको रक्षा गर्न र विकासको लहर ल्याउनका लागि फेरि हामी निर्णायक ठाउँमा पुग्न जरुरी छ।’जसपाले क्षेत्र नं २ भित्र पर्ने नेपालगन्जका सबै वडाहरू र टोलहरूमा आफ्नो प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू खोलिसकेको छ ।


सोमबार नेपालगन्जका वडा नं २३को भज्जुपुरवा, वडा नं १८ को प्रहरी तालिमकेन्द्र छेउमा, वडा नं २१ को विर्ता, वडा नं २१कै पुरैना, डुडुवा गाउँपालिका २ बेतैनी चोक, डुडुवा वडा नं १ कन्धइपुरवा र डुडुवा २ को जाथरपुरवामा सम्पर्क कार्यालयहरू खुलेका छन्। कार्यालय उद्घाटनका क्रममा विभिन्न पार्टी परित्याग गरी २०० भन्दा धेरै व्यक्ति जसपामा प्रवेश गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »