सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगंजमा खोज तथा उद्धार तालिम सम्पन्न


नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा २ दिने खोज तथा उद्धार तालिम नेपालगंजमा बुधबार सम्पन्न भएको छ ।


युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगंज उपमहानगरपालिकासंगको समन्वयमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा नं. ३ र ७ का ३१ जनाको सहभागितामा आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न भएको थियो ।


उक्त तालिममा अवस्थाको विश्लेषण, सामुदायिक खोज तथा उद्धार विधि, उपकरणको प्रयोग, आगो नियन्त्रण विधि,पानीजन्य आपतकाल लगायत भूकम्पबाट हुने सम्भावित जोखिमको बारेमा शैद्धान्तिक तथा व्यवहारिक ज्ञानवारेमा प्रशिक्षण दिएको थियो ।


शसस्त्र प्रहरी वल शम्शेरगंजका प्रहरी निरीक्षक विशाल पाण्डले सयोजन गरेको तालीममा शसस्त्र प्रहरी सहायक निरीक्षक थिर बहादुर विक, रेडक्रस बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र शुशिल चौधरीले सहजिकरण गर्नुभएको थियो ।


नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपमन्त्री तेजबहादुर सुवेदी, नेपालगंज उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रकाश डिसी, युनिसेफ नेपालका प्रतिनिधि नरेश निदाल लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »