सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ- कक्षपति

नेपालगंज, क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि हुने बताएका छन् । घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए ।

बाँके क्षेत्र नं. ३ ख को सि गाउँ, पुलचौक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार कक्षपतिले संसद चल्दा सदनमा अन्य समयमा जनताको वीच हुने प्रतिवद्धता जनाए । उनले भने, नेताहरु चुनाव जितेर गएपछि फर्किएर आउँदैनन् भन्ने कुरा आफुले चिर्दै सँधै जनताकै माझमा हुनेछु । कक्षपतिले सो क्षेत्रमा पर्ने परसपुर–गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

उनले आफुले चुनाव जितेको खण्डमा जनता र पार्टीको शिर निहुरिन नदिने गरी काम गर्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संसोधन नै पहलिो आवाज हुने बताए । बाँके ३ प्रदेश ख का उम्मेदवार भीम ओलीले आफु जहिले पनि जनताको वीचमा हुने बताए । निर्वाचनमा आफु होमिनुका कारण पनि जनताको सेवक भएरै काम गर्न आफ्ना निर्वाचन क्षेत्रका समस्या राम्रो गरी बुझेकाले त्यसलाई समाधन गरिने उनले जोड दिए ।

जनताका माझमा गइरहँदा आफु निकै उत्साहित भएको उल्लेख गर्दै ओलीले पनि परसपुर गौघाट सडक निर्माणका लागि अर्जुन दृष्टि रहने कुरामा सहमति जनाए । नेकपा एमाले र राप्रपाको तालमेलका निर्वाचन कमाण्डर बाबुराम गौतमले भीम ओली र किस्मत कक्षपतिको टीम काम गर्ने टीम भएको उल्लेख गरे ।

घरदैलो र जनता भेटघाटमा रहेका एमालेका यामबहदुर महतारा, राप्रपाका नरबहादुर ददेल, एमाले खजुरा गाउँपालिका कमिटीका अध्यक्ष गेहेन्द्र धिताल लगायतले स्थानीय आवश्यकता, जनताबाट सुझाव लिइने कुरामा आफुहरुको जोड दिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »