सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेला परे काला बजारी

कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नि्रप कार्की छन् । यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बढी मूल्यमा मास्क बेचिएको पाइएमा तत्काल खबर गर्न पनि प्रहरीले सार्वसाधारणलाई आग्रह गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »