सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा. पा.ले पञ्चकन्या माध्यमिक विद्यालयमा हेल्थ डेस्क स्थापना गर्ने

काठमाडाैँ । तेमाल गाउँपालिकाकाे ३४ औं कार्यकपालिकाकाे बैठकबाट फैलदै गरेकाे काेराेना भाइरसबारे सर्तक अपनाउन अध्यक्ष सलाम सिं तामाङकाे संयाेजकत्वमा विशेष टाेलि गठन गरेकाे प्रवक्त ज्ञान बहादुर तामाङले जानकारी दिनुभएकाे छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुले सुत्केरी बिदा, किरीया बिदा र अत्याअश्यक बाहेकका बिदा नपाउने भएका छन् ।

प्रवक्त तामाङका अनुसार काेराेना भाइरसकाेबारेमा विभिन्न सामाजिक संजालकाे माध्यमबाट अनावश्यक भ्रमात्कम हल्लाहरू फैलाइरहेकाे हुनाले त्यस प्रकारका त्रसित हल्लाहरूकाे बारेमा बुझाउनका लागि र काेराेना भाइरसकाेबारेमा वास्तविक जानकारी दिनलाई ३ गते देखि १० गतेसम्म प्रत्येक वडाहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू संचालन गर्ने भएका छन् । गाउँपालिकाले प्रत्येक वडामा स्वयमसेविकाहरूलाई थप आवश्य तालिक दिएर कार्यक्रम संचालन गर्ने निर्णय भएकाे पनि उहाँले बताउनु भयाे ।

गाउँपालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष दुर्गामाया तामाङ सहसंयोजक, स्वास्थ्य संयोजक सदस्य सचिव र वडा अध्यक्षहरु सदस्य रहेका छन् । वडा स्तरीय कोरोना विपद व्यवस्थापन समिति पनि गठन भएका छन् । जसमा वडा अध्यक्ष संयोजक, स्वास्थ्य चौकी ईन्चार्ज सदस्य सचीव, वडा सदस्यहरु सदस्य रहने गरी कार्यसमिति निर्माण गरीएको छ । समितिले हरेक टोलमा गएर कोरोना सम्बन्धि चेतना मुलक पर्चा पम्प्लेटहरु टाँस्ने, जनचेतना जगाउने कार्य गर्नेछ ।

बैठकले नजिकिँदै गरेको कक्षा १० को एस्.ई.ई. परिक्षा केन्द्र वडा नं ६ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हेल्थ डेस्क स्थापना गर्ने पनि निर्णय गरेको छ । यहि चैत्र ६ गतेबाट सुरु हुने कक्षा १० को परिक्षालाई मध्यनजर गर्दै विद्यार्थिहरुमा डर रहित बनाउने र कुनै समस्या परेमा उपचार गराउनका लागी हेल्थ डेस्क स्थापना गरिने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »