सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिक्री लुटने लुटेरा पक्रन प्रहरीकाे उर्दी

काठमाण्डौं । कर्पोरेट म्यागेजीन र कर्पोरेट खवर अनलाइनका अध्यक्ष पत्रकार उज्जवल जंघ शाह माथी आक्रमण गरी सुनको सिक्री लुटने धादिङ घर भएका प्रकाश कुमार श्रेष्ठ सुराकीको रुपमा समेत काम गर्ने गरेको तथ्य खुलेको छ ।

श्रेष्ठले आफनै साथीभाई र सर्कल सहित अन्य आपराधीक पृष्ठभुमि भएकाहरुलाई सिध्याएर आफु हिरो हुनको लागि प्रहरीसंग मिलेर सुराकीको काम समेत गर्ने गरेका थिए । केहि समय अघि प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटका कुमार घैटेका नामले चिनिने कुमार श्रेष्ठको हत्यामा समेत उनैले सुराकी दिएको बताइन्छ ।

शक्तिको लागि कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव बिस्तार गरेपछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाउन थालेका थिए । धादिङका दिनेश अधिकारी उर्फचरीसंग मिलेर ठेक्का पट्टा गर्ने प्रकाश कुमार श्रेष्ठ चरीको ईन्काउनटर पछि कुमार घैटेसंग नजिकिएर ठेक्का पट्टा चलाउन थालेका थिए ।

दिन दुईगुणा रात चारगुणा भने जस्तै डन श्रेष्ठको कालो धन्दाले रातारात विजिमलमा करोडौ खर्चेर श्रीमतीका लागि ब्युटी पार्लर ब्यवसाय, काठमाण्डौंकै महंगो मध्येमा पर्ने सामाखुसीमा आलिसान घर, श्रीमती र आफुलाई लाखौ पर्ने गाडी जोडन सफल भएका छन् ।

६÷७ बर्ष अघिसम्म पनि दुईवटा कोठामा बास बस्ने र मामुली डान्सवारमा एकाउटेन्टको जागिर गर्ने उनि एक्कासी सामान्य आर्थिक हैसियत भएको मान्छे रातारात करोडपति कसरी बने भन्ने स्पष्ट देखिन्छ ।

महानगरीय प्रहरी परिषर काठमाण्डौंले फागुन २८ गते धादिङ घर भएका गुण्डा नाईके प्रकाश कुमार श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।


काठमाण्डौं मलका फेसीयल हाउस सञ्चालन गदै आउनु भएकी काठमाण्डौं उद्योग बाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी सुष्मा महरा सहित सुधाराका व्यवसायीहरुलाई श्रेष्ठले धम्की दिने र रकम असुल्ने काम गदै आइरहेको प्रहरीको भनाई छ । काठमाण्डौं महलको भवन कब्जा गर्न दाउ खोजेर बसेको श्रेष्ठ संचयकोष भवन काठमाण्डौं मल घोटला काण्डवारे भण्डाफोर गरीरहेका पत्रकार उज्वलजंग शाहलाई फिल्मी शैलीमा आक्रमण गरी शाहले लगाएको ६ तोला सुन समेत लुटेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »