सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीकाे ‘नमस्कार’अभियान

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान सुरु गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काट्ने गरेको ठाउँमा अब कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्ने महानगरीय ट्राफिक महाशाले जनाएको छ ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर आपसमा आत्मीयता र सम्मानसमेत प्रकट होस् भनेर नमस्कार सुरू गरेका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले भने,‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।

यसैबीच, महाशाखाले कानुन कार्यान्वयनलाई भने कडाइका साथ अपनाइरहेको छ ।‘गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एक-आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »