निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

चम्पाकेश्वर आधारभुत विधालयका बालबालिकालाई ज्याकेट वितरण

मकवानपुर । उत्तरी मकवानपुरको थाहानगरपालिका वडा न १० मा रहेको चम्पाकेश्वर आधारभुत विधालय बिसिङ्खेलमा भुतपूर्व विद्यार्थीहरुले दिपक गोपालीको प्रमुख आतित्थ्यतामा न्यानो कपडा वितरण गरेका छन्।

कक्षा १ देखि ८ कक्षासम्मका विधार्थीहरूलाई न्यानो कपडा वितरण गरिएका छन् । प्राप्त जानकारी अनुसार पुर्व विधार्थी अर्जुन बस्नेत र सालिकराम अधिकारीको पहलमा उक्त कपडा वितरण गरिएकाे हाे ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गोपाली लगाएतका अन्य व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

पुर्व विधार्थीहरु अर्जुन बस्नेत र सालिकराम अधिकारीले आगामी दिनहरुमा पनि यसरी नै साथ र सहयोग गर्ने बताएका छन्। कार्यक्रममा ११० जना विधार्थीहरूलाई ज्याकेट वितरण गरेका थिए।

स्कुलका प्र.अ. बिनोद सुवेदीले शुभकामना मन्तव्य राख्दै यहि स्कुलमा क ख सिकेर गएका पुर्व विधार्थीले विद्यालयलाई सम्झेर भाई बहिनीलाई पढाइमा प्रेरणा प्रदान गर्नका लागि राम्राे कार्य गरेकोमा आफू निकै खुशी भएको र पूर्व विधार्थीहरुले विधालय प्रति राखेको झुकावले आफुलाई अझ धेरै काम गर्ने जोस र जागर पलाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी लक्षमण बस्नेत पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष खिन्द्र बहादुर थापा ,विधालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरुको उपस्थिति रहेका थिए।

न्यानो कपडा वितरण कार्यक्रमलाई सफल बनाउन सान नामक संस्थाका सदस्यहरु कल्याण बुढाथोकी ,ज्याक गुरुङ ,निमा शेर्पा ,आवाज कार्की आदिकाे सहयाेग रहेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »