सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई

नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले मंगलबार बिदाई गरिएको छ ।

नेपालगञ्जबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको रुपमा जान लाग्नुभएका प्याकुरेललाई मंगलबार आयोजित छैठौं नगरसभामा औपचारिक विदाई गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेललाई विदाई गर्नुभयो ।

प्याकुरेलको विदाईमा नेपालगञ्जका प्रमुख डा. राणाले नेपालगञ्जमा रहँदा कार्यालय प्रमुख प्याकुरेलबाट आवश्यक सहयोग प्राप्त भएको बताउनुभयो ।

ठुला आयोजनादेखि हरेक आयोजना द्रुतगतिमा अघि बढाउन सहयोग प्राप्त भयो, प्रमुख राणाले भन्नुभयो,– नगरमा उत्कृष्ट काम गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले विकास निर्माणको काममा नेपालगञ्जमा उत्कृष्ट काम भएको बताउनुभयो ।

पारदर्शिता र सुशासनमा नेपालगञ्ज अन्य स्थानीय तह भन्दा अगाडी छ , प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो,– नेपालगञ्जमा जनप्रतिनिधी र कर्मचारबिीच पनि सहजपूर्ण वातावरण छ ।

भर्खरै

सम्बन्धित खबर

Language »