सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खाना पकाउने सामान्य कुरामा नै श्रीमानले श्रीमतीको हत्या गरे

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षीय राजन ब्यान्जुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सामान्य घरायसी विवादका कारण ब्यान्जुले श्रीमतीको हत्या गरेको बताइएको छ । खाना पकाउने विषयमा विवाद भएपछि ब्यान्जुले श्रीमती पवित्रा व्यान्जुलाई कुटपिट गरेका थिए । उनको पिटाइबाट पवित्राको मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »