सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वका १६२ देशमा काेराेना भाइरस, नेपाल ग्रीन जाेनमा

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ ।

एक लाख ८३ हजार ३ सय २५ जनामा संक्रमण भेटिएको छ । तीमध्ये ७ हजार १ सय ७७ जनाको मृत्यु भइसक्यो । तर उपचार हुनेको संख्या ठूलो छ । हालसम्म ७९ हजार ९ सय ८ जनाको उपचार सम्भव भएको छ ।

काेराेना भाइरस फैलिएका देशहरू

कोरोना भाइरसबारे ताजा तथ्यांक सार्वजनिक गरेको साइट ‘वल्र्डओमिटर्स डट इन्फो’ले हालै जारी गरेको सूचना अनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमणको संख्या चीनमा नै छ । जसमध्ये चीनमा ८० हजार ८ सय ८१ संक्रमित छन् । यस्तै ३ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । तर सबैभन्दा धेरै नै ६८ हजार ६ सय ९४ को उपचार पनि सम्भव भएको छ ।

यसपछि इटलीमा सबै भन्दा धेरै संक्रमित भेटिएका छन् । मृत्युको संख्या पनि इटलीमा दोस्रो ठूलो छ । जसमध्ये इटलीमा २७ हजार ९ सय ८० संक्रमित भएको इटलीमा २ हजार १ सय ५८ को ज्यान गएको छ । साथै २ हजार ७ सय ४९ जना उपचार गरी सामान्य अवस्थामा पुगेका छन् ।

‘वल्र्डओमिटर्स डट इन्फो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वाहेक १ सय ६१ देशमा संक्रमणबाट मृत्यु भएको छ । नेपाल मात्रै त्यस्तो देश हो, जहाँ संक्रमित भेटिए पनि मृत्यु भने भेटिएन । अर्थात्, नेपालमा एक महिनाअघि एकजना संक्रमित भेटिएका थिए । तर उपचारपछि ती व्यक्ति सकुशल भए । त्यसपछि नेपालमा संक्रमण भेटिएको छैन । जसअनुसार ‘वल्र्डओमिटर्स डट इन्फो’ अनलाईनले नेपाललाई ‘ग्रीन लिस्ट’ मा राखेको छ ।

कहाँ कति संक्रमण, मृत्यु र उपचार ?

चीन : ८०८८१ संक्रमित, ३२२६ मृत्यु, ६८६९४ उपचार

इटली : २७९८० संक्रमण, २१५८ मृत्यु, २७४९ उपचार

इरान : १४९९१ संक्रमित, ८५३ मृत्यु, ४९९६ उपचार

स्पेन : ९९४२ संक्रमित, ३४२ मृत्यु, ५३० उपचार

दक्षिण कोरिया : ८३२० संक्रमित, ८१ मृत्यु, १४०१ उपचार

जर्मनी : ७२७२ संक्रमित, १७ मृत्यु, ६७ उपचार

फ्रान्स : ६६३३ संक्रमित, १४८ मृत्यु, १२ उपचार

अमेरिका : ४७४३ संक्रमित, ९३ मृत्यु, ७४ उपचार

स्वीट्जरल्याण्ड : २३५४ संक्रमित, २१ मृत्यु, ४ उपचार

युके : १५४३ संक्रमण, ५५ मृत्इु, ५२ उपचार

नेदरल्याण्ड : १४१३ संक्रमण, २४ मृत्यु, २ उपचार

नर्वे : १३५६ संक्रमण, ३ मृत्यु, १ उपचार

अस्ट्रिया : ११३२ संक्रमण, ३ मृत्यु, ८ उपचार

स्वीडेन : ११२१ संक्रमण, ७ मृत्यु, १ उपचार

भारत : १२६ संक्रमण, ३ मृत्यु, १३ उपचार

नेपाल : १ संक्रमण, १ उपचार, (मृत्यु नभएको नेपालमा मात्रै ।)

भर्खरै

सम्बन्धित खबर

Language »