सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश–२ को नामकरण ”मध्यप्रदेश”अस्वीकृत

जनकपुर । प्रदेश–२ को नामकरणका लागि मंगलबार तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको छ । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको छ । मध्यप्रदेशको विपक्षमा ६५ मत खसेको छ । अब मधेस प्रदेशको प्रस्तावमा मतदान हुँदैछ ।

यसअघि मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो भने विपक्षमा ७९ मत खसेको थियो । त्यस्तै नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो । जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »