सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा सम्मानित भएकी छिन् ।

नेपाल ब्युटिनिसियन संघको चाैथो केन्द्रीय महाधिवेशनको अवसरमा एक समारोहबीच लामो समयदेखि निष्ठा र समर्पणका साग महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल संगठनकर्ता एवं समाजसेवीका रूपमा निरन्तर सक्रियरही निष्ठापूर्वक व्यटिपार्लर सञ्चालन गरेको भन्दै महरालाई सम्मान गरेको संघले जनाएको छ ।

सम्मानित महरा नेपाल उद्योग बाणिज्य महासंघ, काठमाडौंको जिल्ला कोषाध्यक्ष समेत हुनुहुन्छ । सौदर्य क्षेत्रको अग्रनी व्यवपारिक प्रतिष्ठान ‘ब्यूटिसियन तथा हेयर डिजाइनर’लाई हेयर स्टाइल सम्बन्धि एड्भान्स सिप समेत सञ्चालन गर्ने नेपालकै नम्बर एक सैलुन फेसियल हाउस भएको भन्दै संघले संस्थाको सर्वाङ्गीण विकासमा पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन भएको जनाएको छ ।

नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।

फेसियल हाउसले करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे छ । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »