सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई लाख दिने निर्णय कार्यान्वयन नभए​ बहिर्गमित जनमुक्ति सेना प्रतिरोधमा उत्रने

काठमाडौँ। ​बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको छ ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपाल, केन्द्रीय संघर्ष समितिले लामो कानुनी लडाइँपछि दुई लाख दिने निर्णय कार्यान्वयन हुन लागेकाले निर्णय कार्यान्वयन नभए प्रतिरोधमा उत्रने चेतावनी दिएको हो ।


पत्रकार सम्मेलनमा माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको र केही दलले राजनीतिकरण गर्न खाेजेको आरोप लगाए । उनले यसअघि अर्थमन्त्री भएका व्यक्तिले नै अहिले यस विषयमा विरोध गरेको जिकिर गरे ।

थापाले शान्तिप्रक्रियालाई टुङ्गोमा लगाउन सबै दलहरू गम्भीर हुनुपर्ने बताए ।​

उनले  केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएका बेला नै २०७३–७४ को बजेटमा समेत २०६६ सालमा सातवटा शिविरबाट बिदाइ लडाकुलाई राहत दिने उल्लेख गरिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »