सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्छ : तारालाल धरेल

काठमाडौं । सोफा उत्पादक सङ्घका नवनिर्वाचित अध्यक्ष तारालाल धरेलले सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालमा प्रयोग हुने सोफामध्ये ३० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताउँदै विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले वेरोजगार युवालाई स्वदेशमा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताउनुभयो ।

“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लामाले रोजगारीका लागि विदेश जाने श्रमशक्तिलाई तालिम प्रदान गरेर पठाउन सकिए देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सोफा उत्पादक सङ्घको आज सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा हुनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »