सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाम्साला पाल्मो छामे दोजीम

चैत बैशाख ह्रि खार्ला
ङा जामे पाल्मो शिखरला।
रिवन खिसी क्रा पेला
नाम्सा क्योनला ङा जेबा।
पाल्मो । पाल्मो । ङा पाल्मो ।
आमाला तिङला ढुकढक्की ङा
आपाला मि ला ङ्योल्मो ङा।

काठमाडौँ । गायिका पुजा तामाङकाे नयाँ म्यजिक भिडियो “पाल्माे” सार्वजनिक भएको छ ।

तामाङ गीत संगीत बजारमा म्युजिक भिडियो निर्माणको क्रम ओरालो लागेको समयमा गायिका पुजा तामाङको नयाँ म्युजिक भिडियो पाल्मो सार्वजनिक भएको छ । यो म्युजिक भिडियोले दर्शकको मन तान्न सन्छि या सकिदैन त्यो हेर्न नै बाँकी छ । कुनै एक समय हप्तामा दुई या तीन वटा तामाङ म्यूजिक भिडियोहरु सार्वजनिक हुने गर्दथ्यो तर अहिले माहिनाको दुई या तीन वटा म्यूजिकि भिडियो सार्वजनिक हुन गाह्रो छ । गायिका पुजा तामाङले तामाङ गीत संगीतको बजारलाई म्यूजिक भिडियोको अभाव महसुस हुन नदिनका लािग नयाँ म्युुजिक भिडियो सार्वजनिक गरेको छ । यो म्युजिक भिडियोमा नयाँ मोडलको अनुहार देख्न भने पाइने छैन ।

अजय स्याङ्तानको निर्देशनमा निर्माण भएको यो म्यूजिक भिडियोमा नयाँ सृजनाका आयमहरु देख्न नसकेता पनि गायिका पुजा तामाङको अभिनयलाई नजिकबाट नियाल्न सकिन्छ । क्यामरामा अनुहार देखाएर चर्चा कमाउने दाउमा गायिका पुजा तामाङको रहर यो म्यूजिक भिडियोबाट पुष्टि हुन्छ । पछिल्लो समयमा गायक, गायिका आफै अभिनय गर्ने लहर नै चलेको छ ।

म्हेन्दोमाया गीत संगीतमा राम्रै चर्चा कमाएका गायिका रमला पाख्रिनले “म्हेन्देला लोई” म्युजिक भिडियोमा आफुलाई मोडलकोरुपमा चिनाउन खोजिएको छ । बैशाख १६ गते शनिबार सार्वजनिक भएको म्युजिक भिडियो “म्हेन्देला लोई”मा गायिका रमला पाख्रिनको अभिनयलाई देख्न सकिन्छ । एक दिनको अन्तरालमा सार्वजनिक भएको यी दुई म्युजिक भिडियोलाई नजिकबाट मुल्याङ्कन गर्ने हो भने गायिका आफै मोडलकोरुपमा प्रस्तुत हुने लहड चलेको छ भन्ने प्रमाणित गरिदिएको छ ।

संवादको क्रममा रमला पाख्रिनले भन्न् भयो । “मैले अहिलेसम्म छ सय भन्दा धेरै गीतहरु गाइसकेका रहेछन् तर पनि दर्शकहरुले राम्रोसँग मलाई चिनेका छैनन् । त्यसकारण म्युजिक भिडियोमा आफैले अभिनय गरेरमा चिनिन्छ कि भन्ने आशाले अभिनय गरेको हुँ ।

गायिका रमला पाख्रीन गायिका पूजा तामाङकाे मोडल हुने रहर पुरा होला त ?

भर्खरै

सम्बन्धित खबर

Language »