सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघका अध्यक्ष छोग्याल रिन्पोछेद्धारा योगाभ्यास तथा अन्तरकृया कार्यक्रम सम्पन्न

काठमाडौ । बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघले काठमाडौमा एक कार्यक्रमको आयोजना गरेको छ ।

संघले बुद्ध र उनको शिक्षा शिर्षकमा एक अन्तकृया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न वक्ताहरुले बुद्धका बारेमा आ आफना विचार प्रस्तुत गरेको थिए । सिद्धार्थ गौतम बुद्धको उत्पत्ति र जीवनी साथै बुद्धले देखाएको सत्मार्गलाई वक्ताहरुले प्रष्टाएका थिए ।

काठमाडौको स्वयम्भुस्थित किमडोल स्थित बोधी सत्व स्कुलको हलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संघका अध्यक्ष छोग्याल रिन्पोछेले बौद्ध शिक्षा, योग अभ्यास र ध्यानलाई सर्वव्यापी गर्दै लैजाने उद्घोष गरे । साथै रिन्पोछेले कार्यक्रममा सहभागीहरुलाई साधना र योगाभ्यास समेत गराएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै लोवपोन साङगे रिन्छेनले बुद्ध जयन्तीको महत्वको बारेमा प्रष्ट पारे । त्यसैगरी कार्यक्रममा लोचावा पुण्यप्रसाद पराजुलीले गौतम बुद्धको जीवनीलाई प्रष्ट पारेका थिए ।

त्यसैगरी लोब्पोन नाम्ग्यालले बुद्धले सिकाएका पञ्च शिलाबारे संक्षेपिकरण गरेका थिए । त्यसैगरी खेन्पो ङवाङ ह्वइसेरले चार आर्य सत्यलाई ब्याख्या गरेका थिए । बुद्धवचन अनुवाद समिति (बिटिसी) का अध्यक्ष टिका शेर्पाले आर्य आष्टाङगिक मार्ग का बारेमा प्रष्ट्याए । नेपाल बौद्ध संघका प्रवन्ध निर्देशक सर्विन्द ठाकुरले कार्यक्रममा स्वागत मन्तव्य सहित संघका कार्यक्रम र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए ।

नेपाल बौद्ध संघ आज भन्दा ७ बर्ष पहिले स्थापना भएको हो । संघले भूकम्प पछि १०८ वटा गुम्बा पुननिर्माण गर्ने लक्ष्य बोकेको थियो । जस अनुसार हालसम्म १९ वटा गुम्बाको पुन निर्माण भइसकेको छ भने बाँकी पुन निर्माणको प्रक्रियामा रहेका छन । कार्यक्रममा बुद्ध बचनको अमृत बोलको गीत सार्वजनिक गरिएको थियो । संघका अध्यक्ष छोग्याल रिन्पोछेले स्वरबद्ध गीतमा दुर्गालाल श्रेष्ठको शब्द तथा न्ह्यु बज्रचार्यको संगीत रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »