सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एआईजी ज्ञवालीलाई अख्तियारको क्लिनचिट

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ ।

उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं ०४३७४७, मिति २०७९ फागुन १४ मा दर्ता भएको थियो । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अख्तीयारले प्रारम्भिक छानबिन सम्पन्न गरि आयोगको मिति २०८० बैशाख १४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखीएको जानकारी गराईएको छ । उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय,नक्साललाई बैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ ।

उक्त मुद्दामा क्लिनचिट पाएपछी एआईजी ज्ञवालीले आफुलाई अख्तियारले न्याय दिलाएकोमा खुशी ब्यक्त गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »