सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ जिम्बा परिवार बाट ३० हजार नगद सहयोग

काठामाडौं । आर्थिक अभावको कारण उपचारमा समस्या भएकी पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ जिम्बा परिवार बाट ३० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाजसेवी एवं यूवा नेता अविरल जिम्बा र खानिखोला ३ को वडाध्यक्ष सागर जिम्बाको उपस्थितिमा सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
सो आर्थिक सहयोग जिम्बा परिवारको सदस्यहरु बाट संकलन गरिएको हो ।
समिट हस्पिटल लोकन्थली उपचारत पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ आर्थिक अभाव भएपछि आफन्त ,दाजुभाई तथा ईच्छुक दाताहरुबाट सहयोग संकलनको अभियान चलाईएको समाजसेवी एवं यूवा नेता अविरल जिम्बाले बताउनु भयो ।
आर्थिक सहयोग गर्न चाहाने महानुभावका लागि एसबीआई बैंकको खाता नम्बर ४३११५२४२९००१५३, मोबाईल नम्बर, ९८४१९९७४९५ ज्ञान बहादुर जिम्बा लाई सम्पर्क गर्न सकिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »