सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिराे पीडितलाई काभ्रे नेपाल तरुण दल र रेडक्रसको सहयाेग

काठमाडाैँ । आईतवार राती बाढी संगै आएको लेदोले पुरेको घर परिवारका लागि रहात सामाग्री लिएर नेपाल तरुण दल र रेडक्रसको टोली पीडितको घरमा पुगेका छन ।

हिजो राती परेको झरिको कारण रोशी गाउँपालिका वडा नं. ९ स्थित चिउरिबासमा स्थानिय क्षेत्र बहादुर लामा (माइला) को घर पुरेका थिए । उक्त घरमा मानविय क्षेती नपुगे पनि चौपायहरु, अन्नपानीर खाद्यान्न सामाग्री, लत्ता कपडा र भाडाकुडाहरु पूर्ण रुपमा पुरेका थिए ।

बढीका कारण समस्यामा परेका क्षेत्र बहादुरको परिवारका लागी विभिन्न रहात सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाडाकुडाहरु र नगद हस्तारण गर्न सोमबार रेडक्रसको टोली सङ्गै नेपाल तरुण दल रोशीका सभापति रमेश लामा पीडितको घरमा पुगेका थिए ।

बाढीले घर पुर्ण क्षति भै घरमा भएका कुनैपनि सर सामान निकाल्न नपाएको अबस्थामा नेपाल रेडक्रस सोसाइटी मंगलटार उपशाखाको सभापति दामोदर श्रेष्ठ, जिल्ला सदस्य ज्ञान बहादुर तामाङको नेतृत्व र रेडक्रसकर्मिहरुको उपस्थितिमा राहत स्वरुप खाद्यान्न सामग्री चामल, दाल चाउचाउ, लत्ताकपडा, भाडाकुडा त्रीपालका साथै नेपाल तरुण दल रोशी गाउँ पालिकाको सभापति रमेश लामाबाट नगद रु।५०००पांच हजार र बाकी रेडक्रसकर्मीहरूबाट संकलन गरी जम्मा नगद रु।१३७४५ तेह्र हजार सात सय पैतालिस रुपैया पीडित माइला लामालाइ हस्तान्तरण गरेको नेपाल तरुण दल रोशीका सभापति रमेश लामाले नमोबुद्ध न्युजलाई जानकारी दिएको हो ।

बाढीका कारण हिजो बिपी राजामार्ग अन्तर्गत रोशीमा ४ वटा सवारि साधन पुरिनुका साथै सवारि आवातजावातमा समेत ठप्प भएको थियो । रोशी गाउँपालिकाले बाटोमा रहेको लेदो हटाए पछी अहिले पूर्ण रुपमा सवारि साधन चलायमान अवस्थामा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »