सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका वडा नं-३ मा सिलाई मेसिन बितरण गर्दै एक महिने तालिम सम्पन्न


नेपालगञ्ज , जानकी गाउँपालिका वडा नं-३ का बिपन्न परिवारलाई लक्षित गरि एक महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि संचालित तालिमको एक समारोहकाबीच समापन गरिएको हो ।
समापनमा बोल्दै वडाअध्यक्ष राजकुमार बर्माले महिलाहरु घरमै बसेर आयआर्जन गर्न सक्ने भएको बताउनुभयो । उहाँले सीप भएपछि कसैको अगाडी हात थाप्नुपर्ने अवस्था नआउने बताउनुभयो ।


समापन समारोहमा जानकी गाउँपालिका कार्यपालिका सामाजिक बिकास संयोजक राम अचल धोबी, कार्यपालिका सदस्यहरु राजेन्द्र सिंह, वडा सदस्यहरु लक्ष्मी कुमारी पासी, निलम सिंह ठाकुरानी, हुसेनी अहिर र जानकीको योजना शाखा प्रमुख शोभा पौडेल, जनता समाजबादी पार्टी जानकी गाउँ पालिका बाकेका अध्यक्ष धर्मराज वर्माको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिका वडा नं-३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेशन नेपालले सो तालिम संचालन गरेको थियो । वडाको बिभिन्न पाँच वटा टोलका २१ जना महिलाहरुको सहभागिता रहेको तालिममा सुष्मा शेषले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागि भएका महिलाहरुको आयस्तर बृद्धि होस भन्ने उद्देश्यले सबैलाई एक एक सेट हाते सिलाई मेसिन बितरण गरिएको समृद्धि फाउन्डेसन नेपाल, बाँके का अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »