सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्लोरी मिडिया १३ बर्ष पुरा गरि १४ बर्षमा प्रवेश

काठमाण्डौं । ग्लोरी मिडिया प्रा. लि. आईतबारबाट १३ बर्ष पुरा गरि १४ वर्ष प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसरमा मिडियाले प्रेस मिट कार्यक्रम आयोजना गरि भावी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले ग्लोरी मिडियाको भावी कार्यक्रमबारे प्रकाश पारे । मिडियाले सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिदै उनले ‘विगतमा एनटिभी प्लस, नेपाल टेलिभिजन हुँदै हाल एनटिभी न्युजमा हामीले प्रस्तुत गर्दै आएको टेलिभिजन कार्यक्रम सचेतना प्रसारणको १५ बर्ष पुरा भएको उपलक्ष्यमा सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने तयारीमा हामी जुटेका छौं’ उनले भने।

हाल स्मारिका प्रकाशनको तयारी भैरहेको र सोको प्रकाशन लगत्तै विमोचन तथा सम्म्मान कार्यक्रम आयोजना गरिने उनले बताए । साथै, ओझाले यस वर्षभित्र ग्लोरी अवार्ड आयोजना गर्ने योजना रहेको समेत जानकारी दिए । प्रेस मिट कार्यक्रममा सल्लाहकार उज्जवल जंग शाह र राजु भट्ट, कर्मचारी परिवार आदीको उपस्थिति रहेको थियो ।

ग्लोरी मिडिया प्रा लि २०६७ साल जेष्ठ महिनामा कंपनी रजिष्टारको कार्यालयमा विधिव्त रुपमा दर्ता भई निर्वाध रुपमा संचालनमा आईरहेको छ । कामपा २८ स्थित बागबजारमा अवस्थित ग्लोरी मिडियाले टेलिभिजन कार्यक्रमको उत्पादन तथा प्रसारण, श्रव्यदृश्य सामाग्रीको छायाँकन, संपादन तथा वितरण, वृत्तचित्र निर्माण तथा प्रसारण, कार्यक्रम संवन्धि रिपोर्ट लेखन, प्रकाशन तथा प्रसारण, टिभिसि एवं रेडियो जिंगल निर्माण तथा प्रसारण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

नेपाल टेलिभिजनमा आधिकारिक एजेन्सीका रुपमा दर्ता रहेको ग्लोरी मिडियाले सचेतना नामक कार्यक्रम प्रसारण गर्दै आएको छ भने विगतमा बाल कार्यक्रम बाल आवाज, शान्ति संबन्धी आदर्श परिवार, कुकिंग रियालिटी शो कलेज सेफ आईकन र हास्य टेलि श्रृंखला कुरा मात्र भो उत्पादन गरि प्रसारण गरेको छ ।

हालसम्ममा ग्लोरी मिडियाले १०० भन्दा बढिको संख्यामा वृत्तचित्र, करिब २० वटा टि भि सि एवं रेडियो जिंगल, १५० भन्दा बढिको संख्यामा श्रव्यदृश्य रिर्पोट निर्माण गरिसकेको मिडियाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »