सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युट्युब र टिकटकमा सर्वाधिक चर्चा बटुल्दै तिलक बस्नेतको “जाम सानु पोखरा ” ( भिडियो सहित )

काठमाडौं । लामो समयदेखि सांगितीक यात्रामै रहेका तिलक बस्नेतले यो पटक भिन्न शैलिबाट दर्शक श्रोताहरुलाई मनोरन्जन दिलाउने उदेश्यकासाथ एक नयाँ कोशेलि स्वरुप “जाम सानु पोखरा” बोलको गित सार्वजानिक गरेका छन् ।
गीत संगीतको क्षेत्रमा केहि नामचलेका गायक तथा कलाकारहरुले एकछत्र राज चलाईरहेको अवस्थामा बस्नेतको “जाम सानु पोखरा” बोलको गीतले टिकटक र युट्युबमा समेत राम्रै स्थान पाईरहेको छ ।
यो गीतमा २ लाख भन्दा बढीले टिकटक बनाईसकेका छन् भने युट्युबमा समेत दिनानुदि दर्शकहरुको संख्या राम्रै स्पिडमा अगाडी बढेको देख्न सकिन्छ ।
गीतमा प्रनिल गुरुङको शब्द ,तिलक बस्नेत र सुनिता बुढा क्षेत्रीको आवाज ,तिलक बस्नेतको संगित ,सुदिप सागरको एरेन्ज ,नरेन्द्र वियोगीको मिक्सिङ, रहेको छ भने ,यो गित वेभ रेकर्डीङ स्टुडीयोमा रेकर्ड गरिएको थियो ।
यो गीतको भिडियोमा क्रिष गूरुङ र लक्ष्मि गूरुङको मुख्य अभिनय रहेको छ ।
यो भिडियोको निर्देशन मौसम हिमालिले गरेका हुन् भने क्यामेरामा राजेश घिमिरे,सम्पादनमा अमृत चापागाई र सहायक निर्देशनमा विशाल घिमिरले सशक्त भुमिका निर्वाह गरेका हुन् ।
माया पिरतीमा बैना मार्दिउँला ,के माया गछ्र्यौ र ? ,रुरु रेसुङ्गा लगायतका दर्जनौ हिट गितहरु बजारमा ल्याइ सकेका गायक तिलक बस्नेतले थुप्रै राष्ट्र भक्तिका र देशप्रेमी गीतहरु समेत गाएका छन् ।
सामाजिक सन्जालमा भाइरल हुँदै गएपछि गायक तिलक बस्नेतलाई यो गीतबाट पनि सांगीतिक क्षेत्रमा माथि उठ्न केही राहत मिल्ने अनुमान लगाउन सकिन्छ ।
यो गितमा धेरै मेहनेत परेकोले यसबाट आफुले केहि अपेक्ष गरेको गायक बस्नेत बताउछन् ।

भिडियो

भर्खरै

सम्बन्धित खबर

Language »