सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आईपिडिएफले क्यानाडा र चीनको भ्रमण गरि २५ लाख पर्यटक भित्र्याउन पहल गर्ने

काठमाडौं। आईपिडिएफले क्यानडा र चीनको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने  भएको छ ।क्यानडीयन  र चाइनाका प्रतिनिधिमण्डल संगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी  क्यानडा र चीनबाट कम्तीमा पनि २५ लाख पर्यटकहरु नेपालमा भित्र्याउन कसरी सकिन्छ र चीनको सांस्कृतिक पर्यटनको विकास र क्यानाडाको  विकासबाट नेपालले के कस्ता पाठ सिकेर थप परियोजना विकास गर्ने सम्वन्धमा आइपिडिएफ ग्लोबल , आईपिडिएफ चिन  च्याप्टर र आइपिडिएफ क्यानाडा  च्याप्टरका पदाधिकारी तथा सल्लाहकार बीच दुई देशको पर्यटन उद्योग र सो संग सम्वन्धित विकास परियोजना तथा आपसी सांस्कृतिक आदान प्रदान गर्ने बिषयमा छलफल  भएको थियो  ।

बार्षिक कार्ययोजना निर्माण गरी दुइ देशमा कार्यक्रमहरु संचालन गर्ने गरी निर्णय समेत भएको छ । कार्यक्रम आईपिडिएफ पर्यटन विभाग प्रमुख लाक्पाफुटी  शेर्पाको संयोजकत्वमा सम्पन्न भएको थियो भने  आइपिडिएफका अध्यक्ष मुकुन्द ढुंगाना,  महासचिव कमल कार्की, सचिव गेन्द्र लामाले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो।

चीन र क्यानाडाबाट आउनुभएको प्रतिनिधिमण्डलले नेपालको बसाइ एकदम राम्रो र घुम्न लायक ठाउ लुम्बिनी,बौदनाथ ,पशुपति,जानकी मन्दिर,सोयम्भुमा पुग्दा स्वर्गको आनन्द महसुस भएको र धेरै संख्यामा नेपाल आउन चाहेर पनि नेपालको परिस्थितिले आउन नसकेको गुनासो समेत दुइ देशका प्रतिनिधिमण्डलले राखेका थिए।  धेरैले  एकपटक नेपाल आउनलाई इच्छा ब्यक्त गरेको हुँदा पर्यटकलाई नेपाल आउनको  लागि उपयुक्त बातावरण तयार पार्न सके नेपालमा करोडौ पर्यटक आउन सक्ने र त्यसका लागि दुवै देशका प्रतिनिधिले उपयुक्त प्याकेज र उचित बातावरण निर्माणका लागि सहकार्य गरेर कार्य गर्नुपर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए  ।

आईपिडिएफ ग्लोबलले नेपाल सरकार संग पर्यटक भित्राउने सहज बाताबरणको लागि ध्यानाकर्षण पत्र सहित केहि दिनमै पर्यटन मन्त्रि संग भेटघाट गरि महत्वपूर्ण संदेश दिने गरि दुबै देशको मैत्रीपूर्ण भ्रमण गरी आइडिडिएफ च्याप्टर चीन र क्यानाडाको औपचारिक उद्घाटन गर्ने प्रतिबद्धता समेत अध्यक्ष मुकुन्द ढुंगानाले प्रतिनिधिमण्डललाई  जानकारी गराउनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »