सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

परसपुरमा सम्मान सहित असिष्टेन्ट सब(इञ्जिनियर परियारको विदाई

नेपालगंज, नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा कार्यरत असिष्टेन्ट सब(इञ्जिनियर दीपिका परियारलाई सम्मान सहित विदाई गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि कार्यरत असिष्टेन्ट सब(इञ्जिनियर दीपिका परियारलाई हर्षोउल्लासका साथ बिदाई गरिएको हो ।


वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्मा को अध्यक्षतामा शुक्रबार भएको बिदाई कार्यक्रममा वडा अध्यक्ष वर्माले भने ३ बर्ष सेवा अवधीसम्म वडामा कार्यरत असिष्टेन्ट सब(इञ्जिनियर दीपिका परियारले सरुवा भई जान लागको मा वडा कार्यालयका लागि दुस्खदको कुरा भएको बताउनु भयो । साथै असिष्टेन्ट सब(इञ्जिनियर दीपिका परियारलाई फूलमालाका साथ सम्मान सहित बिदाई गरीएको छ ।


सब(इञ्जिनियर दीपिका परियार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मा सरुवा भएको हो । साथै सो सम्मान तथा बिदाई कार्यक्रममा ,वडाका सचिव उपमन्यु त्रिपाठी,वडा सदस्य फिरोज बेहना, स्थानीय जनपर्तिनिधि, वडाका कर्मचारी रियाज अंसारी,सय्यद अली बेहना, बिबेक बर्मा समाजसेबी नीतू प्रजापति लगाएतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »