सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा खुल्यो अली बाबा बिरयानी एण्ड म:म: सेन्टर

नेपालगञ्ज, नेपालगञ्ज बिपि चोक स्थित अली बाबा बिरयानी सेन्टर खोलेको छ । खानपिनको प्रसंगमा चर्चित रहेको नेपालगञ्जमा दिनहुँ नयाँ नयाँ पसलहरु खुल्दैछन् । चाट-पकौडा देखि लिएर पानी पुरी सम्म पाइने नेपालगञ्जलाई खानपिनको मामिलामा नमुना सहरको रूपमामा चिनिने गरिन्छ । अनेकौं बिरयानी पसलहरु भए त पनि नेपालगञ्जमा नयाँ नयाँ बिरयानी पसलहरु खुल्दै छन् ।

बिपि चोक स्थित खुलेको अली बाबा बिरयानी एण्ड म:म: सेन्टरमा काशमिरी बिरयानी हैदाराबादी बिरयानी लगायत चिकेन मटन बफ बिरयानी पाउनुका साथै अन्य परिकारका म:म: सेकुवा तन्दुरी रोटी पनि पाइन्छ । अली बाबा बिरयानी सेन्टर नयाँ पसल भएपनी ग्राहकहरुको निकै भिड हुनेगर्छ ।

अली बाबाका प्रोप्राइटर अनवर अली शेष (भोला) ले भन्नुहुन्छ सुरुवाती चरण रहेकोले ग्रहकहरुलाई विशेष छुट तथा सुविधा पनि रहनेछ । हामीले ल्याएको अली बाबा बिरयानी सेन्टर नेपालगञ्जको अन्य बिरयानी पसलभन्दा राम्रो सेवासुविधा दिने प्रयास रहनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »