सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको प्राकृतिक सुन्दरता भित्र रहेको एकसंस्कार, चेतना ,भाग्य र समाजको वास्तविक चित्रण गरिएको चलचित्र हो “टुल्कि”

काठमाडौं । विश्वमै अचम्मको प्रथाको रुपमा हेरीने नेपालको केही हिमाली जिल्लाको संस्कारको रुपमा रहेको बहुपतिप्रथाको बिषवस्तुलाई लिएर बनाईएको नेपाली कथानक चलचित्र “टुल्की”ले आजबाट नेपालका अधिकांश हलहरुमा प्रदर्शनी शुरु गरेको छ ।
विश्वकै फरक संस्कारको रुपमा हेरीएको बहु पतिप्रथालाई मुख्य कथाको रुपमा लिईएको भए पनि यो चलचित्रले नारीहरुको जीवनभित्र आईपर्ने बिभिन्न समस्या तथा त्यसलाई यो समाजले हेर्ने दृष्टीकोणको उजगार गर्न खोजिएको छ ।
समाजलाई बहाना बनाएर आफ्नै बाबुले समेत छोरीलाई साहारा दिन नसक्नु , अन्जान ब्यक्ति संग छिटो बिश्वास गर्दा एकजना नारीले नरक जस्तो जिन्दगी जिउन बाध्यहुनु ,संस्कारको बहानामा आफ्नै दाजुले भाईको हत्या गर्नु जस्ता कथा भित्रका दष्यहरुले आम दर्शकलाई भावुक बनाउने देखिन्छ ।
“टुल्की”ले ब्यपार कति गर्ला त्यो त अहिलै भन्न सकिने अवस्था छैन तर यो चलचित्र हेरे पछि जो कसैलेपनि एक पल्ट आफुलाई टुल्की र त्यो समाज संग तुलना गरेर हेर्ने पक्का छ ।

भर्खरै

सम्बन्धित खबर

Language »