सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जितु लोप्चानको जन्मदिनको अवसरमा “डम्फुरे दाई”बोलको गित भिडियो सहित सार्वजनिक

काठमाडौं । गायीका जितु लोप्चनले आफ्नो जन्मदिनको अवसर पारेर“डम्फुरे दाई”बोलको गित भिडियो सहित सार्वजनिक गरेकीछिन् ।


पछिल्लो समय गीतसंगीतको बजारमा दिनहुं जस्तै फरक फरक गीतका भिडियोहरु सार्वजनिक भैरहेको छ । तामाङ गीतसंगीतको बजारमा आफ्नो छुुट्टै पहिचान बनाउन सफल चर्चित गायीका जितु लोप्चानको सेलो गीत डम्फुरे दाई सार्वजनिके भएको छ ।


तामाङ समुदायमा आफ्नो संस्कार संस्कृति र इतिहासको बोकेको बाध्यवादन हो डम्फु । तामाङ समुदायमा डम्फु बजाएको डम्फुको गीत गाउनेलाई डम्फुरे अर्थात डम्फुरे दाई भन्ने गरिन्छ । यसै संग सम्बन्धित गीत डम्फुरे दाई जितु लोप्चानको आफ्नै युुट्युव च्यानल जितु लोप्चान अफिसियल मार्फत सार्वजनिक भएको छ ।


जितु लोप्चनको आवाज रहेको “डम्फुरे दाई” बोलको गीतमा गायक तथा संगीतकार बिशाल काल्तानको शब्द संगीत रहेको छ ।
गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुुन् ।


हेरुका लामाले निर्देशन गरेको उक्त गीतको भिडियोमा निर्देशकद्धय हेरुका लामा र नायीका सुश्मा मोक्तानको अभिनय रहेको छ । बुधबार गायीका जितु लोप्चानले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको पोष्टरमा देखिए अनुसार हाँस्य कलाकार कुईसाङ् रुम्बा र अनिता नेगिलाई समेत भिडियोमा देख्न सकिनेछ ।


यो गीतको भिडियो छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »