सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महामारी कोरोना सम्बन्धि चिनियाँ वैज्ञानिकहरूको अनुसन्धान सार्वजनिक

चीनको हुवेई प्रान्त जिनइतान अस्पतालका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव पार्ने खुलासा गरेका छन् । शोधमा पत्ता लागे अनुसार रक्त समूह ए ( Blood group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्न सक्छ । साथै, रगत समूह ओ ( Blood group O) भएका व्यक्तिहरुलाई संक्रमण गर्न धेरै समय लाग्छ ।

चीनको वैज्ञानिकको यो अध्ययन ऊहानमा गरिएको हो । ऊहानमा चीनको हुवेइ प्रान्तको राजधानी हो । यहाँ बाट नै कोरोना भाइरसको संक्रमण फैलिएको थियो । ऊहानमा रहेका तीन वटा अस्पतालमा गरिएको सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो । ऊहानमा वैज्ञानिकले कोरोना भाइरसद्वारा संक्रमित २,१७३ व्यक्तिमा अध्ययन गरेका हुन् ।

कोरोना भाइरसका कारण मारिएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । अर्थात् करिब ४१.२६ प्रतिशत । जबकी ५२ जनाको रक्त समूह ‘ओ’ थियो । अर्थात्, करिब २५ प्रतिशत ।

२,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए ।

अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने बताएका छन् । रक्त समूह ‘ए’ भएकाहरुको नै कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको छ ।

वैज्ञानिकले सार्स–सिओवी–२ (SARS-COV-2) को हमला हुँदा पनि रक्त समूह ‘ओ’ भएकाहरु कमै संक्रमित भएको जबकी अन्य रक्त समूहका व्यक्तिहरु धेरै नै प्रभावित भएका थिए ।

अहिलेसम्म यो अनुसन्धानको रिभ्यू भएको छैन तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् ।

गओ यिंगदाईले भनेका छन्, ‘यदि तपाईंको रक्त समूह ए छ भने पनि तपाईं चिन्तित हुनुपर्दैन । यसको अर्थ यो होइन कि तपाईं शत प्रतिशत कोरोनाद्वार संक्रमित भएरै छोड्नुहुनेछ । रक्त समूह ओ भएका मानिसहरु पनि लापरवाह भने नहुनुहोस् ।’

भर्खरै

सम्बन्धित खबर

Language »