सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलि देखि सुरु हुने एसईई परिक्षामा काठमाडौंबाट सबैभन्दा बढी विद्यार्थी

चैत ६ गते बिहीबार बिहानबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठमाडौं जिल्लाबाट सबैभन्दा धेरै विद्यार्थी काठमाडौं जिल्लाबाट सहभागी हुँदैछन् । काठमाडौंबाट ३६ हजार ११२ परीक्षार्थी सहभागी हुँदैछन् । मनाङबाट सबैभन्दा थोरै विद्यार्थी सहभागी हुँदैछन् । मनाङबाट ५७ जना परीक्षार्थी सामेल हुनेछन् । राष्ट्रिय परीक्षा बोर्ड एसईई नियन्त्रक रामराज खकुरेलले देशभरिबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुनेछन्। १ हजार ९ सय ९५ परीक्षा केन्द्र विस्तार गरिएका छन्। कुल परीक्षार्थीमध्ये ९ हजार ६ सय प्राविधिक धारका छन्।बिहान ८ बजेबाट परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको जाँच हुनेछ। परीक्षाका निम्ति आवश्यक उत्तरपुस्तिका (कापी), प्रश्नपत्रहरू सम्बन्धित जिल्लामा पुर्‍याइसकिएको बोर्डले जनाएको छ। परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्य प्रदेश र स्थानीय सरकारमाहत हुनेछ। जनशक्ति व्यवस्थापन कार्य प्रदेश सरकारले गर्नेछ। परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षाकर्मी, कर्मचारी गरी ६५ हजारभन्दा बढी जनशक्ति खटिने बोर्डले जनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यो वर्ष एसईई सञ्चालनका निम्ति ५३ करोड ९० लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो बजेट परीक्षा सञ्चालनदेखि प्रमाणपत्र निर्माणसम्मको हो।‘परीक्षा संचालनको सबै तयारी पूरा भइसकेको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको अवस्था छ,’ मन्त्रालयले जारी गरेको अपिलपत्रमा छ, ‘एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन प्रदेश सरकारले गर्ने हो।’ एसईई संचालन बजेट स्थानीय तहलाई उपलब्ध गराइसकिएको छ।सबै केन्द्रमा हेल्थ डेस्ककोरोना भाइरसको संत्रासका कारण प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिएका छन्। त्यसका लागि मन्त्रालयले प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध गर्न स्थानीय तहलाई अनुरोध गरेको जनाएको छ।शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले एसईई परीक्षाको तयारीप्रति कुनै जिल्लामा असहज नरहेको बताए। ‘प्रत्येक केन्द्रमा हेल्थ डेस्क प्रबन्ध गरिदैछ भन्ने बुझिएको छ,’ ललितपुरको ठेचोस्थित सरस्वती माविका प्रधानाध्यापकसमेत रहेका थापाले भने, ‘मेरो विद्यालय केन्द्रमा हेल्थ डेस्क राख्ने निश्चित भएको छ।’ परीक्षार्थीमध्ये कोही संक्रमित भएको आशंका भएमा छुट्टै राखेर परीक्षा दिलाउन मन्त्रालयसित अनुरोध गरेको थापाले जनाए।परीक्षार्थी छासमिस राख्न नपाइनेएसईई परीक्षामा एउटै केन्द्रमा धेरै विद्यालयका परीक्षार्थी रहन्छन्। यसअघि प्रत्येक डेस्क, बेन्चमा फरक विद्यालयको परीक्षार्थी राखिन्थ्यो। भाइरस संक्रमणका कारण यो पटक एउटा कोठामा एउटै विद्यालयको परीक्षार्थीमात्र राख्ने निर्देशन दिइएको जनाइएको छ। ‘जीवनभन्दा जाँच ठूलो होइन,’ शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेलले भने, ‘विद्यार्थीलाई एक मिटरको दूरीमा राख्न भनिएको छ। साझा सामग्री प्रयोग नगर्न भनेका छौं।’परीक्षा केन्द्रमा परीक्षार्थीको निगरानीमा तीन जनामा सम्पर्कमा रहने भनिएको छ। केन्द्र प्रवेश गर्ने मूलढोकामा एकजना शिक्षक/शिक्षिकाले जाँच गर्नेछ। त्यसैगरी एकजना निरीक्षकले उत्तरपुस्तिकामा हस्ताक्षर गर्दछ। परीक्षार्थीको दुई मिटर टाढा बसेर केन्द्राध्यक्षले निगरानी राख्ने जनाइएको छ। विद्यार्थीले स्यानिटाइजर र मास्क प्रयोग गर्न सक्ने छन्।उपत्यकाबाट करिब ५२ हजारकाठमाडौं उपत्यकाबाट ५१ हजार ७ सय ९८ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्। जसमा विभिन्न कसुरमा कैद भुक्तान गर्दै गरेका कैदीलाई एसईई दिंदैछन्। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ मावि परीक्षा केन्द्रबाट ११५, ललितपुरको नख्खु कारागार टिका विद्याश्रम माविबाट २७ र भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट ४१ जना किशोरले परीक्षा दिंदैछन्। विभिन्न कसुरमा कैद भुक्तान गर्दै आएका १८ वर्षमुनिका किशोरलाई बालसुधार गृहमा राखिदै आएको छ।शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख पौडेलका अनुसार काठमाडौं जिल्लाबाट १ हजार ६ विद्यालयबाट सहभागी विद्यार्थीलाई १ सय १५ परीक्षा केन्द्र कायम गरिएको छ। ती परीक्षार्थीमध्ये ४ सय २९ प्राविधिक धार र ५४ जना ग्रेड वृद्धिका छन्।शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख योगेन्द्र बरालका अनुसार त्यहाँबाट ९ हजार ८ सय ४७ परीक्षार्थीले एसईई दिंदैछन्। विभिन्न १ सय १९ विद्यालयका परीक्षार्थीका निम्ति ३४ केन्द्र विस्तार गरिएका छन्।त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेलका अनुसार त्यहाँबाट ५ हजार ७ सय ३७ परीक्षार्थीले एसईई दिँदैछन्। जसमध्ये प्राविधिक धारका ८० र ग्रेड वृद्धिका १० जना छन्। विभिन्न १ सय ९० विद्यालय सहभागी परीक्षार्थीका निम्ति २३ केन्द्र विस्तार गरिएका छन्।परीक्षा तालिका हेर्नुहाेस्

भर्खरै

सम्बन्धित खबर

Language »