सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गाउँपालिका प्रवेश गर्ने दाेस्राे प्रवेशद्वारकाे शिलान्यास

काठमाडाैँ । काभ्रेकाे तेमाल गाउँपालिका प्रवेश गर्ने दाेस्राे प्रवेशद्वारकाे बुधवार गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले शिलान्यास गरेकाे छ । पहिलाे प्रवेशद्वार नमाेबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाकाे सिमाना कालीमाटीमा निर्माण गरि उद्घाटन भैसकेका छन् ।

तेमाल गाउँपालिका वडा नं. १ सर्स्युखर्क आधाबाटाे , वडा नं. २ च्युखा, वडा नं. ३ सरमथली, वडा नं. ४ बाेल्देफेदिचे र वडा नं. ६ ठुलाे पर्सेल प्रवेश गर्ने मुख्य मार्ग पाँचखालकाे वडा नं. १ काे सिमाना बोहाेरे दाेभानकाे झ्युखाेला पुलमा उक्त प्रवेशद्वार निर्माण गर्न लागेकाे हाे ।

शिलान्यासमा वडा नं . १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठ र वडा सदस्यहरु, वडा नं. २ वडा सदस्यहरू र अन्य केहि व्यक्तिहरूकाे उपस्थितिमा लामा गुरूबाट विशेष पुजा गरी शिलान्यास गरेकाे वडा अध्यक्ष मान बहादुर श्रेष्टले सारा खबरलाई जानकारी दिनुभयाे ।

करिब १० लाखमा निर्माण हुन लागेकाे प्रवेशद्वार यही चैत्र मसान्त भित्र सम्पन्न गर्ने तयारीका साथ निर्माण कार्यकाे थलानी गरेकाे वडा अध्यक्ष श्रेष्ट बताउनु भएकाे छ ।

उक्त शिलान्यासकाेबारेमा गाउँपालिका उपाध्यक्ष दुर्गा माया तामाङ, प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल र अन्य कर्मचारीलाई जानकारी नभएकाे विशेष सुत्रले जानकारी दिएकाे छ ।

अन्य जानकारी भिडियाेमा

भर्खरै

सम्बन्धित खबर

Language »