सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”4G” काे जमानामा तेमाल गा. पा. टावर विहिन

काभ्रे । नेपाल टेलिकमले देशभरि चाैथाे पुस्ताकाे माेबाइल इन्टरनेट सेवा 4G ”सफ्ट लञ्च” सेवा विस्तार गरिसकेको छ तर तेमाल गाउँपालिकाकाे कार्यलय नारायणस्थानमा भने अहिलेसम्म नेपाल टेलिकमकाे कुनै सेवा सञ्चालन हुँदैन । नेपाल टेलिकमकाे टावर नै नहुने स्थानमा कसरी 4G ”सफ्ट लञ्च” सेवा आशा गर्ने ?

याे नेपाल टेलिकमकाे लापर्बाही भनाैँ या तेमाल गाउँपालिकाकाे बेवास्ता भनाैँ । गाउँपालिकामा कार्यरत कर्मचारी र आउने सेवाग्राही नेपाल टेलिकमकाे नेटवर्क नभएर हैरानी व्यहाेरी रहेका छन् ।

”4G काे कुरा नै छाेडाैँ ,गाउँपालिकाकाे कार्यलय प्रवेश गरेपछि टेलिकमकाे टावर नै हराउँछ । कसैले फाेन गरेकाे छ वा कसैलाई फाेन गर्नु पर्याे भने अति नै समस्या हुन्छ ।” गाउँपालिकामा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा गुनासाे गर्नुभयाे ।

यसैगरी अर्काे एक सेवाग्राहीले पनि गुनासाे पाेखे । ”गाउँपालिकाकाे कार्यलय जाँदा कुनै दुरदराजकाे गाउँमा गएकाे अनुभव हुन्छ । एक वा आधा घन्टा कार्यलयमा अलमलिँदा कति धेरै महत्वपुर्ण फाेन आइरहेका हुन्छन् ,गाली खानु बाहेक विकल्प छैन ।” तेमाल गाउँ पालिकामा फोन नलाग्ने विकराल समस्या हो। सायद यसकाे लागि गाउँपालिकाले नै पहल नगरेकाे हाे वा नेपाल टेलिकमले ।

गाउँपालिका प्रमुख याे विषयमा चिन्तित नै देखिन्छन् ,उहाँ भन्नु हुन्छ ।” हामीले याे विषयमा नेपाल टेलिकमसँग धेरै पटक अनुराेध गरिसकेकाे छौँ तर पनि पहल गर्दैनन् । करिब ४ किलाेमिटर टाढा नेपाल टेलिकमकाे टावर छ । त्याे स्थान नमाेबुद्ध नगरपालिकामा पर्छ । हाम्राे तेमाल गाउँपालिकामा नेपाल टेलिकमकाे टावर नै छैन । अहिलेकाे याे परिस्थितिमा सेकेन्ड-सेकेन्ड महत्व छ तर बाध्यता नै भनाैँ, समस्या खेपिरहेका छौँ।”

स्मार्ट फाेर जीकाे याे जमानामा पनि तेमाल गाउँपालिका टेलिकमकाे टावर बिहिन हुनु भनेकाे संचारकाे दुनियाँमा पछि छ भनेर मुल्याङ्कन गर्न खासै गाह्राे पर्दैन । नेपाल टेलिकमकाे देखाउने दाँत र चपाउने दाँत तेमाल गाउँपालिकाबाट प्रष्ट भएकाे हाे ।

नव-निर्माणधिन गाउँपालिकाकाे भवन

अहिलेसम्मकाे जति पनि गाउँपालिकाकाे कार्यलय सेवा सुविधा सम्पन्न भएकाे स्थानमा रहेको पाइन्छ तर स्थानीय केन्द्रबिन्दुकाे आधारमा र ऐतिहासिक स्थानकाे आधारमा गाउँपालिकाकाे कार्यलय छनाेट गलत स्थानमा हाेइन तर आधुनिक इन्टरनेट सेवा अनि संचारकाे दुनियाँबाट अलग रहनु राम्राे हाेइन ।

भर्खरै

सम्बन्धित खबर

Language »