सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा काभ्रे भुम्लुको प्रसंशनीय काम : जनताको लागि निशुल्क बस सेवा

सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी भुम्लु कमिटीले गाउँ जान चाहने तर खर्च नभएकाहरुका लागि निशुल्क बसको ब्यबस्था गर्ने भएको छ । कोरोना भाइरसबाट संक्रमित हुने डरले गाउँ फर्किन चाहनेहरूको लागि आइतबार दुई वटा बसको व्यवस्था गरिएको हो ।

भुम्लु गाउँ पालिका कमिटी र भुम्लु- काठमाडौं मन्चले संयुक्त रूपमा गाडीको व्यवस्था गरेको हो । दुई वटा बस मध्ये एउटा बस जडिबुटी- दोलालघाट- भुम्लुटार- सापिङ्ग- सिम्थली हुँदै बेखसिम्ले सम्म जाने हो भने अर्को बस जडिबुटी- दोलालघाट- फलाँटे- कोलाँती- मुलाबारी- सल्ले हुँदै चौवाससम्म जाने हो ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने डरले गाउँ फर्किनेहरूको लागि सेवामूलक काम गरेर भुम्लु कमिटीले जनताको सेवा गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »