सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल गा.पा.-६,ठुलो पर्सेलमा सिलाई-बुनाइ तालिम सुरु

तेमाल गाउँ पालिका वडा नं – ६ ठुलो पर्सेलमा सिलाई -बुनाइ तालिम सुरु भएको छ । वडा नं-६ का वडाध्यक्ष बिकुलाल मोक्तान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा १४ जना महिला दिदी- बहिनीलाई तालिम दिन लागिएको हो ।

वडाका महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन लागिएको वडाध्यक्ष मोक्तानले बताउनुभयो । वडा कार्यलयको आयोजनामा गरिएको यस प्रकारका तालिमहरुले वडाका महिला दिदी- बहिनीहरुमा उर्जाशिल बनाउन प्रेरित गर्दछ।

यसै गरी तेमाल गाउँ पालिका वडा नं-६ ,लालीगुराँस च्याउखेती समूहले पनि च्याउखेती तालिमको समापन कार्यक्रम राखिएको थियो । गाउँघरमै बसेर आत्मनिर्भर बन्न प्रोत्साहित गर्ने उद्देश्य यस लालीगुराँस च्याउखेती समूहको रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »