सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला नेतृ शोभा पाठकको उजुरी परे पछि स्टार अनलाईन टिभिका सन्चालक मनोज मानव पक्राउ

काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ ।
पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या गर्ने गरि भिडियो ईडिट गरेर सामाजिक सन्जालमा प्रशारण गरेको आरोप लागेको छ ।
एमाले नेता महेश बस्नेत संगको बार्गेनिङ गरेको जस्तो सुनिने अडियो सामाजिक सन्जालमा आए पछि मिडियाकर्मी मानवले सो घटनामा आरोपित महिला लाई समेत फोनमा तथानाम गालि गरेको र छाडा बोलेको अडियो बाहिरिएको छ ।
आफ्नो चरित्र हत्या गर्ने उदेश्यले परिचालित गिरोहबाट यस्ता भिडियोहरु बनाएर बार्गेनिङ गर्ने र कुरा नमिले पछि प्रशारण गरेर सामाजिक रुपमा समेत गिराउन लागि परेको आरोपमा यो घटनामा नाम जोडीएकी महिला नेतृ शोभा पाठकको उजुरीले नेपाल प्रहरीको साइबर ब्युरोले मानवलाई पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ ।
नेता बस्नेत संग गरिएको कुराकानिमा आफुले चाहेमा माथि उठाउन र तलझार्न सक्ने भन्दै बार्गेनिङ गरिएको तथा शोभापाठक संगको कुराकानिमा मुख छाडेको अडियो सरराईज खबरले प्रशारण गरेको छ ।
पत्रकारीता र मिडियाको नाममा यसरी सामाजिक स्थितिलाई खलबल्याउने उदेश्य बोकेर आएका जो कोहि भए पनि नछोड्ने भन्दै नेतृ पाठकले आफुलाई बदनाम गराउन लागि परिरहेकाहरुलाई आरोप पुष्टि गरेर देखाउन चुनौति दिनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »