सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देउसी भैलोबाट उठेको रकम सामाजिक काममा लगाउने छौं — नेप्सेम्याक

काठमाडौं । काठमाडौं उपत्यका तथा बिभिन्न शहरको फोहर ब्यवस्थापनमा अग्रणी भुमिका खेलिरहेको नेप्सेम्याक ग्रूपबाट सन्चालित नेप्सेम्याक सेवा प्रा.लि का कर्मचारी युनियन तथा ब्यवस्थापक समुहले संयुक्त देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नेप्सेम्याक सेवा प्रा.लि.को केन्द्रियकार्यालय ललितपुरको प्रागणमा भएको देउसी भैलो कार्यक्रममा ब्यवस्थापनको तर्फबाट प्रमुख ब्यवस्थापक तथा नेप्सेम्याकका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद गेलाल,प्रवक्ता लक्ष्मी प्रसाद घिमिरे, लेखा प्रमुख सरस्वती आचार्य,सवारी इन्चार्ज शिव गिरी,कवाडी ब्याबस्थापन गर्ने ईन्द्र कुमार राई लगाएतको उपस्थिति रहेको थियो भने कर्मचारी युनियनका अध्यक्ष सोमनाथ ढकाल,महाराजगन्ज इन्चार्ज एकराज सुवेदी ,ललितपु ईन्चार्ज तुलसीराम सिटौला, परिवर्तन सेवा प्रा.लि.का ईन्चार्ज देवनारायण श्रेष्ठ, बनेपाका ईन्चार्ज जगत उप्रेती लगायत पचास जना को उपस्थिति रहेको थियो ।
यो कार्यक्रमबाट उठेको सम्पुर्ण रकम सामाजिक सेवाको काममा लगाउने महाराजगन्ज साखा इन्चार्ज एकराज सुवेदीले जानकारी गराउनु भएको छ ।
कार्यक्रम कर्मचारी युनियनका महासचिव सुवाश ढकाल तथा नेप्सेम्याकका संचालक रबिन्द्र निरौला ले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा परम्परागत देउसी भैलोको साथै बिभिन्न गीतहरुमा नृत्यसमेत गरेर रमाईलो गरिएको थियो । हरेक बर्ष यसरीनै रमाईलो गरेर तिहार मनाईने गरेको नेप्सेम्याक ग्रूपले जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »