सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईको पहलमा नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने कार्य शुरु

अस्पताल र स्वास्थ्यकर्मीलाई जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता
सिराज खान
नेपालगञ्ज,
देशको संघिय राजधानी काठमाण्डौमा कोरोना भाइरसका एक जना बिरामी भेटिएपछि नेपालगञ्जमा सो भाइरस विरुद्धको अभियानलाई झन तिव्र पारिएको छ ।


सो क्रममा पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले कोरोना भारइरस भित्रिन नदिन नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान सोमवारबाट शुरु गर्नुभएको छ ।


नेपालगञ्ज मेडिकल कलेजद्धारा नेपालगञ्जमा सञ्चालन गरिएको शिक्षण अस्पतालबाट सो अभियानको शुभारम्भ गर्दै पूर्वमन्त्री राईले मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेश कुमार कनौडियालाई सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट गर्ने मेसिन तथा मास्कहरु हस्तारन्तरण गर्नु भयो ।
राईले ६ वटा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट मेसिन ल्याएर नेपालगञ्जका विभिन्न अस्पताल, विमानस्थल, सीमानाका र क्वारेन्टाइन तथा बढी भिडभाड हुने ठाउँमा सोमवारबाटै सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने कार्य शुरु गरिएको बताउनु भयो ।


जिल्लाका विभिन्न अस्पतालहरु, क्वारेन्टाइन, नाका तथा भिडभाड हुने ठाउँहरुमा पहिलो चरणमा सेनिटाइज गरिने तथा त्यसपछि मन्दिर, मस्जिद, गुरुद्धारा, चर्च र अन्य स्थानमा पनि सेनिटाइज गराइने राईको योजना छ ।


स्थानीय सरकारले हालसम्म सहरलाई सेनिटाइज गर्ने कुनै पनि कार्य नगरेकोले बाध्य भएर आफुले ६ वटा मेसिन, त्यसमा लाग्ने औषधी, पोशाक र मास्क वितरण गरेको बताउनु भयो ।


उहाँले पहिलो चरणमा अस्पताल, प्रहरी, प्रशासन, भन्सार, सीमाना लगायतका ठाउँमा ठुलो संख्यामा मास्क पनि वितरण गरिएको बताउनु भयो ।


राईले आफ्नो तर्फबाट अस्पताल र सुरक्षा निकायलाई चाहिने हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि सो अवसरमा व्यक्त गर्नुभयो ।


सो अवसरमा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा। सुरेश कुमार कनौडियाले पूर्वमन्त्रीले गरेको सहयोग धेरै सराहनीय रहेको बताउनु भयो । उहाँले अझै पनि स्वास्थ्यकर्मीलाई चाहिने पीपीए नरहेकाले सोको व्यवस्थाका लागि समेत आग्रह गर्नुभयो ।


उक्त अवसरमा नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा। रोमन किदवाईले मास्क त धेरैले बाँडीरहेको हुँदा सेनिटाइजेशन र डिसइन्फेक्टेन्ट अति आवश्यक भएकोले आफूले नै पूर्वमन्त्री राईलाई सो गराउन सुझाव दिएको बताउनु भयो ।
त्यस अवसरमा डा। आसिम किदवाई, समाजसेवीहरु मोहम्मद ईरफान सिद्दिकी, हासिम सिद्दिकी, परवेज अन्सारी र दिपक लगायतले पनि सेनिटाइजेशन र डिसइन्फेक्टेन्टमा सहयोग गर्नु भएको थियो ।

सोमवारनै भेरी अस्पताल, नेपालगञ्ज विमानस्थल, जमुनाह नाका, लायन्स डेन्टल आइसोलेस हस्पिटलमा पनि सेनिटाइज र डिसइन्फेक्टेन्ट गरिएको पूर्व मन्त्री राईले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »