सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘भ्वाइस अफ नेपाल’बाट यो साता टिम प्रमोद र राजेशका दुई प्रतिस्पर्धीहरु बाहिरिने

काठमाडौं । द भ्वाइस अफ नेपालको सिजन ५ मा अहिले लाइभ राउण्ड चलिरहेको छ । गत साता फेथम ब्याण्ड र रोजिना बस्नेत प्रतिस्पर्धा बाहिरिए । यो सप्ताहन्त (शुक्रबार र शनिबार)को एपिसोडबाट थप दुईजना बाहिरिनेछन् ।

कोच प्रमोद खरेल र राजेश पायल राईको टिमबाट एक-एक प्रतिस्पर्धी बाहिरिनेछन् । आज बेलुकाको एपिसोडको अन्तिम पर्फमेन्ससम्म कम भोट प्राप्त गर्ने प्रतिस्पर्धी बाहिरिन लागेको निर्देशक लक्ष्मण पौडेलले बताए ।

टिम प्रमोदबाट प्रशान्त सिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बू प्रतिस्पर्धामा छन् । टिम राजेशबाट मकरबहादुर योञ्जन, मोनिका राई र अश्विन राई प्रतिस्पर्धामा छन् । यीमध्ये दुईजना बाहिरिने तय छ ।

गत साता टिम मिलनबाट फेथम ब्याण्ड र टिम उदयबाट रोजिना बस्नेत बाहिरिइसकेका छन् । शनिबार बेलुकादेखि आठैजना भोटिङमा जानेछन् ।

कोच उदयका विवेक बस्नेत र कुमार प्रयास, कोच मिलनका ट्रिजा प्रधान र विनोद राई आगामी राउण्डमा प्रवेश गरेका छन् । दर्शकको भोटिङका कारण यतिबेला भ्वाइसको लाइभ राउण्ड रोमाञ्चक बनिरहेको छ । दर्शकले खल्ती एपमार्फत मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । जनवरी १२ मा फिनाले तय गरिएको निर्देशक पौडेलले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »