सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शुनसान शहर, शान्त शहर

काठमाडाैँ । फ्रान्सबाट आएका युवतीलाई काेराेना भाइरस (काेभिन-१९) भएकाे पुष्टि भएपछि नेपाल सरकारले एक हप्ताका लागि देशै भरिका लागि लकडाउन घाेषणा गरेकाे छ ।

मंगलबार विहान ६ बजेदेखि शुरू भएकाे याे १८ गतेसम्मकालागि घाेषणा गरिएकाे हाे तर अवस्था सामान्य नभए वा नियन्त्रणमा लिन नसकेमा थपघट हुन पनि सकिन्छ ।

काठमाडाैँ यत्तिबेला सुनसान छ । मानिसको आवतजावत रोकेर नै भाइरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन लगायतको सुझाव पछि मानिस र सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो । सँधै सवारी चाप हुने सडकहरुमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि सहरका विभिन्न भागमा प्रहरीहरु परिचालित छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »