सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिभिन्न पार्टी परित्यागगरि सिन्धुपाल्चोकका दर्जनौ युवा तथा ब्यवसायीहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश

काठमाडोैं । नेकपा एमाले ,नेपाली काँग्रेस तथा राप्रपा लगायतका बिभिन्न पार्टी परित्याग गरि सिन्धुपाल्चोकका दर्जनौ युवा तथा ब्यवसायीहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश भएका छन् ।
आज नेकपा(माओवादी केन्द्र)को पार्टी मुख्यालयमा नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको बिशेष छलफल तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु माओवादीमा प्रवेश भएका हुन् ।
नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री ,नेकपा(माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत रहेका थिए भने, कार्यक्रममा सिन्धुपाल्चोकका युवा नेता तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुवोध) , बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, केन्द्रिय सदस्य भोला सापकोटा,सम्पर्क समन्वय बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी,सम्पर्क समन्वय प्रदेश सल्लाहकार रोजन तामाङ्ग,बागमती प्रदेश महिला बिभाग संयोजक मिथिला सिग्देल, सम्पर्क समन्वय प्रदेश सदस्य बयान बहादुर कार्की , भिमसेन काफ्ले, युवानेता भिम प्रसाद पराजुली (रदिप),वाई सि एल नेतृ चिजा तामाङ्ग लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका सचिव तोक बहादुर गधराज (तोकेन्द्र)ले सन्चालन गरेका थिए ।
कार्यक्रम नेकपा(माओवादी केन्द्र)सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत बाह्रबिसे नगरपालिका का अध्यक्ष सुशिल मोक्तान को सकृयतामा बाह्रबिसे नगरपालिका बाट १) मिन बहादुर श्रेष्ठ २) सानुराम श्रेष्ठ ३) मनिस श्रेष्ठ ४) विष्णु श्रेष्ठ ५) छिरिङ्ग तामाङ्ग ६) अनिल तामाङ्ग ७) कृष्ण लाल श्रेष्ठ ८) जय ब. श्रेष्ठ ९) खड्क ब. श्रेष्ठ १०) सोम ब. श्रेष्ठ ११) रन्जित थापा १२) डिक श्रेष्ठ १३) निर ब. श्रेष्ठ १४) पूर्ण ब. गुरुङ्ग १५) तारा गुरुङ्ग १६) राम गुरुङ्ग १७) प्रदिप तामाङ्ग १८) सुनिल गुरुङ्ग १९) अमृत शेर्पा २०) देव श्रेष्ठ २१) होम नारायण श्रेष्ठ २२)सुर्य बहादुर श्रेष्ठ २३) रंगलाल श्रेष्ठ २४) निर श्रेष्ठ २५)मुजुरमान श्रेष्ठ २६)टिका बहादुर नेवार २७) छिरिङ तामाङ्ग २८)देवा दार्जे तामाङ्ग(साङ्बो) २९)अनिल तामाङ्ग ३०) निमा तामाङ्ग ३१)पेमा तामाङ्ग(चरी तामाङ्ग)३२)विनोद श्रेष्ठ ३३) आशिष तामाङ्ग ३४) अर्थिङ तामाङ्ग(छिरिङ) ३५)राजन तामाङ्ग ३६)मिन्जेन तामाङ्ग ३७)सुजित तामाङ्ग ३८) पोष्ट श्रेष्ठ ३९) बुद्ध तामाङ्ग ४०) दोर्जे शेर्पा ४१) राजु तामाङ्ग ४२) भुपेन्द्र श्रेष्ठ ४३) रामकाजी तामाङ्ग तथा लामो समय माओवादी आन्दोलनलाई साथ समर्थन र सहयोग गर्दे आएका भोटेकोशी गाउँपालिकाका युवा व्यवसायी खोपाकाजी श्रेष्ठ लगायतका युवा तथा ब्यवसायीहरु नेपाल सरकारका उर्जा,जलश्रोत तथा सिंचाई मन्त्री ,नेकपा(माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेतको हातबाट टिका लगाएर नेकपा(माओवादी केन्द्र)मा प्रवेश भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »