सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवाको आमाछोदिङमोमा तिनदिने घरबास ब्यबस्थापन तालिम सम्पन्न

रसुवा । एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा होमस्टे (घरबास) अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न गरिएको छ ।
कार्यक्रमको माघ २४ गते आयोजक आमाछोदिङमो गाउँपालिकाकी उपप्रमूख चण्डीका तामाङबाट भव्य उद्घाटन गरिएको थियो भने माघ २६ गते आमाछोदिङमो गाउँपालिकाका प्रमूख बुचुङ तामाङबाट सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेर समापन गरिएको थियो ।
उद्घाटन समारोहमा बोल्दै आयोजक आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमूख चण्डीका तामाङले गाउँपालिकाभित्रका उपभोक्ताहरुले आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरुको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उपप्रमूख तामाङले यसकिसिमको तालिम पहिले नै आयोजना गर्न सकिएको भए यहाँको पर्यटन विकास अगाडि बढिसकेको हुने आफूलाई लागेको बताउनु भयो ।
कार्यक्रम उद्घाटन सत्रमा गाउँपालिका सूचना अधिकृत छेसाङदोर्जे तामाङले सभापतित्व गर्नु भएको थियो ।
प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको आमाछोदिङ्मो गाउँपालिकाका प्रमूख बुचुङ तामाङले तालिम समापनका अवसरमा पर्यटकीय श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा होमस्टे अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विस्वास ब्यक्त गर्नु भयो । गाउँपालिकाका विभिन्न वडाका सहभागीहरुलाई यो तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर गाउँपालिकाको पर्यटन विकासमा सहभागी हुन गाउँपालिका प्रमूख तामाङले आग्रह गर्नु भयो ।
तालिम अवधिभर सहभागिता जनाउनु भएका आमाछोदिङ्मो गाउँपालिका ५ नं. वडाका वडाअध्यक्ष दावागोम्बु तामाङ, वडा नं. ४ का वडाअध्यक्ष धर्म तामाङ, वडा नं. ३ का वडाअध्यक्ष सुरेन्द्र तामाङ, वडा नं. २ का वडाअध्यक्ष ल्हाक्पाकामी तामाङले समेत तालिमको औचित्यतामाथि आ–आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।
तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरुले तालिमको आयोजना गरेर आफूहरुलाई एउटा आर्थिक विकासको विकल्प देखाईएको र यो तामिललाई आफूहरुलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिकृया ब्यक्त गर्नुभएको थियो ।
डा.अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिईएको उक्त तालिममा आमाछोदिङ्मो गाउँपालिकाका दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा पर्यटन व्यवसायीहरुको सहभागी रहेको थियो । त्यसैगरी ‘भान्छे’ उपनामले चिनिइने लक्ष्मणप्रसाद भण्डारीद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »