सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अतिआवश्यक काम बाहेक घरबाट ननिस्कन पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईको आग्रह

सिराज खान
नेपालगन्ज,
पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेवासीसंग दुबै हात जोडेर घरबाट बाहिर ननिस्कन आग्रह गर्नु भएको छ ।


उहाँले भन्नुभयो–‘जिल्लावासी सबैसंग दुबै हात जोडेर विन्ती गर्दछु, अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनु होस, महामारी भित्रिन नदिन सरकारलाई सहयोग गरौं, यसैमा हामी सबैको भलाई छ ।’


पुर्व मन्त्री एवं सासंद राईले शुक्रवार जिल्लावासीहरुसंग अपिल गर्दै विश्वका ठुला ठुला शक्तिहाली देशलाई समेत तहसनहस पारिरहेको कोरोना भाइरसलाई हल्का रुपमा नलिन अनुरोध गर्दै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।


उहाँले कोराना भाइरस भित्रिन नदिन सचेतना अपनाउनुको विकल्प नरहेको जनाउँदै सबैले सचेत रही औषधी र खाद्यान्न लगायतको अतिआवश्यक काम परेमा उचित दुरी बनाएर पसलसम्म जान सकिने बताउनु भयो ।


नेता राईले भारत वा कुनै तेस्रो देशबाट आएका नागरिकहरुमाथि निगरानी राख्दै तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन पनि सबैसंग आग्रह गर्नुभयो ।

स्थानीय प्रशासन र स्थानीय तहले पनि नागरिकहरुलाई ढुक्क हुनेगरि तयारी र व्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिंदै उहाँले उपभोग्य वस्तुहरुलाई घरमै पुग्ने व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।
‘यस्तो बेलामा एक अर्कालाई सहयोग गर्नुका साथै सदभाव र भाइचारालाई बढी प्राथमिकता दिनुपर्छ, आफ्ना छिमेकीलाई कुनै समस्या पर्न नदिन सबै सचेत र सतर्क रहौं ।’–सांसद राईले भन्नुभयो ।
यसअघि उहाँले आफ्नो निजि लगानीमा नेपाल–भारत सीमानाको जमुनाहबाट नेपालगञ्जका विभिन्न ठाउँमा औषधी छर्केर सेनिटाइज गर्ने कार्य गराउनु भएको थियो ।

नगरका विभिन्न ठुला अस्पताल, विमानस्थल र सुरक्षा कार्यालयलाई सेनिटाइज गर्ने मेसिन पनि उहाँले वितरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »