सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बरका १८ वडा अध्यक्ष दिपक वर्माले गरे सुकुम्बासी वस्तीमा सहयोग

नेपालगञ्ज, लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या परिरहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को नयाँ गाउँ सुकुम्बासी वस्तीमा खाद्यान्न सहयोग गरिएको छ ।

४१ घरपरिवारलाई वडा अध्यक्ष दिपक वर्माको पहलमा उनीहरुलाई ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो आलु सहयोग गरिएको हो ।

नयाँ वस्तीमा बसोबास गर्नेमध्ये अधिकाँश दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरु लकडाउनका कारण समस्यामा परेपछि वडाले सहयोग गरेको अध्यक्ष वर्माले जानकारी दिनुभयो ।

राहत लिएर पुगेका वडा अध्यक्ष वर्मालाई स्थानीयबासीले अभावमा सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् ।

लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै वर्माले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वडाबासीमा आग्रह समेत गर्नुभएको छ ।

समस्यामा परेका विपन्न समुदाय अन्यलाई पनि सहयोग गरिने वर्माले जानकारी दिनुभयो ।

वडा अध्यक्ष वर्माले संकटको अवस्थामा जनप्रतिनिधीले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडा कार्यालयहरुले विपन्न समुदायको लगत संकलन गरिरहेको भन्दै २३ वटै वडामा विपन्न ब्यक्तिलाई सहयोग गरिने बताउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »